नेपालद्वारा नेदरल्यान्डलाई सामान्य लक्ष्य
९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालका ब्यटरहरु नचल्दा क्रिजमा कसै जम्न सकेनन् ।
नेदरल्यान्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६७ रन मात्रै जोडेको हो । नेदरल्यान्डको कसिलो बलर सामु नेपालको ब्याटरहरु चल्न नसक्दा नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएको हो । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो ।
तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन गरेका थिए । त्यस्तै कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । रोहित पौडेल ५५ बलमा ३३ रन, दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन, भिम सार्की ५६ बलमा २२ रन जोड्दै आउट भए भने आरिफ शेख ४ बल खेल्दै ६ रनमै आउट भए । त्यस्तै कुशल मल्ल १९ बलमा १२ रन, गुल्सान झा ३१ बल खेल्दै १५ रन जोडेर आउट भए, करण केसीले ३ बलमा १ रन जोडेका छन् । त्यस्तै सन्दीपले ३३ बलमा २७ रनमा क्याच आउट भए । ललित राजवंशीले एक रन पनि जोड्न सकेनन् ।
नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएसँगै टप सिक्समा पर्ने सम्भावना कमजोर रहेको छ । नेपाल नेदरल्यान्डसँग पराजित भएमा टप टेनेको लागि २ खेल खेल्न पाउने छ । नेदरल्यान्डले नेपालविरुद्ध केही समयपछि जवाफी ब्याटिङ गर्ने छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply