११ असार २०८०, सोमबार ०३:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खोलाले बगाउँदा एक महिला बेपत्ता
११ असार, जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका–२ स्थित पनेलाखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर–२ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकी बुढा घट्टमा अन्न पिस्न गएकी थिइन् । उनीसँगै दुई वटा घट्ट समेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट हवल्दार टेकेन्द्र खाणको नेतृत्वमा दुई जनाको टोली खटिएको छ । खोला बढेकाले उच्च सतर्कता अपनाउन तिला नदी आसपासका बस्तीलाई गुठीचौर गाउँपालिकाले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply