रौतहटमा आमा–छोरी मृत फेला
१६ असार, रौतहट । रौतहटको मौलापुर नगरपालिका–४ पतौरामा एक २४ वर्षीया महिला र दुई बर्षीया बालिका मृत फेला परेका छन् । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कवितादेवी साह र उनकी दुई वर्षीया छोरी आरुही कुमारी मृत भेटिएका हुन् ।
बालिका आरुही कुमारी पंखामा झुण्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भ¥याङमुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए । घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या यकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए । मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार छन् ।
माधवनारायण नगरपालिका–५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताएका छन् ।
छोरी र ज्वाइँबीच पटक–पटक बिवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको बिजयले बताएका छन् । ज्वाइँ धिरेन्द्र साह र सम्धीसहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबा विजयले आरोप लगाएका छन् । दाइजोमा थप नगद सिक्री औंठी नदिएको रिसमा घटना भएको माइती पक्षको आरोप छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply