ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली
१७ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिताको निवास सरकारी जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो । ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका छन् ।
ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो । त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply