एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्ने हैसियत गुमाइसके
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको आज (बुधबार) बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्ने तयारी गरेको छ । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । साथै यो विषय संसदको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ ।
गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर एमालेले विरोध गर्दै संसद समेत चल्न नदिने अडान अघि सारेको हो ।
‘प्रधानमन्त्री ज्यूले संसदमाथि गरेको अपमान, जनादेश माथि गरेको अपमान, यो देशको सार्वभौम सत्ता, स्वाभिमानमाथी गरेको आक्रमणको बारेमा संसद्मा यी विषय जोडदार किसिमले राख्ने, र हाम्रो भूमिका निर्वाह गर्ने छौं,’ संसदीय दलको निर्णय सार्वजनिक गर्दै सचेतक महेश बर्तौलाले भने, ‘यो सामान्य विषय नभएकोले संसद् अवरुद्ध हुनसक्छ । एमालेको तर्फबाट कडा ढंगले हामी प्रस्तुत हुन्छौं ।’ प्रतिनिधि सभाको बैठक आजै ३ बजे बस्दैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply