अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने
२८ असार, काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपालको एक दिने भ्रमणमा आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार उनको भ्रमणको औपचारिक घोषणा गरेको छ । लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् ।
‘यस क्षेत्रको भ्रमणको क्रममा नेपाल फेरि आउन उत्सुक हुनुहुन्छ, दूतावासले फेसबुकमा पोस्ट गरेको छ । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने छन् ।
उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ । दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कुटनीतिज्ञमध्येमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् । त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञान समेत रहेको छ ।
३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसकेको अनुभव छ । दिल्लीमा उनले उपनियोग प्रमुखको रुपमा समेत काम गरिसकेका छन् ।
उनी मध्यएसिया तथा दक्षिण एसिया काकेस मामिला कार्यालयका उपनिर्देशक समेत रहिसकेका छन् । यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुई दिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए । २०७९ असार ६ गते भ्रमणको सिलसिलामा अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रुपमा प्रदान गरिने अवार्ड फर कर्पोरेस एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए ।
२०७८ को मंसिरमा नेपाल आएका लुले त्यस बेला नेपाली शीर्ष नेताहरुसँग एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउने सम्बन्धमा कूटनीतिक र राजनीतिक भेटवार्ता गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply