रास्वपा र राप्रपा सांसदको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३१ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएपछि सांसद बैठक स्थगित भएको हो ।
केही नेपाल ऐन संशोधन विधेयकमा राप्रपा र रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित गरेका हुन् । राप्रपा र रास्वपाका सांसदको विरोधका बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउन खोजेका थिए । त्यस लगत्तै सांसदहरू रोस्टम घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को प्रक्रिया निमिलेको भन्दै ती दलले विरोध गरेका हुन् । उनीहरूले विधेयकको पनि विरोध गरेका थिए । विधेयक संशोधन हुनुपर्ने उनीहरूको माग छ ।
यसअघि रास्वपाकी सांसद सुमना श्रेष्ठले हिंसालाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै प्रश्न गरेकी थिइन् । त्यस्तै, विधेयकको छलफलका लागि दिइएको समय अपुग रहेको भन्दै ती दलका सांसदले आपत्ति जनाएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने हिंसालाई प्रोत्साहत गर्ने गरी विधेयक नल्याइएको प्रस्टीकरण दिएका थिए । उनले विधेयकको छलफलका लागि ७२ घण्टा पूरा समय भएको बताएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply