गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो मशाल जुलुस
५ साउन,काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रमसख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संगठनले मशाल जुलुस निकालेको छ । शुक्रबार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौंमा मशाल जुलुस निकालेका हुन् ।
राजश्व अनुसन्धान विभागले समातेको सुन गृहमन्त्रीकै मिलेमतोमा ल्याइएको युवा संघको आरोप छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।
सुन तस्करी काण्डमा साना भरियाहरूलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले ‘सर्वसाधारणलाई कचकच तस्करलाई रजगज’, सुन तस्करलाई पक्राउ गर’, ‘सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर’, ‘सुन तस्करलाई फाँसी दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply