एमाले अवरोधका कारण राष्ट्रियसभा वैठक स्थगित
२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताइन् । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिइन् । ‘सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?, उनले भनिन्, ‘यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ ।
सांसद रावलले उच्चस्तरीय समिति बनाएर यसमा संलग्न उच्च राजनीतिक एवं प्रशासनिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर झण्डै एक सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएको छ ।
यही साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा करिब एक सय किलो सुन बरामद गरेको थियो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । एमाले सांसदहरूले आसनबाट उठेर विरोध कायमै राखेकाले उनले सभाको अर्को बैठक यही साउन २४ गते बुधबार अपराह्न १ः०१ बजे बस्नेगरी स्थगित गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply