२३ श्रावण २०८०, मंगलवार ०९:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विपद व्यवस्थापनका पूर्व तयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षा याममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्व सतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्व तयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन् ।
वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ । काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply