सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न अदालतको आदेश
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।
न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो ।
न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनामुक्त गर्दै अनुसन्धान गनए आदेश दिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको कसुरमा बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नु नपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन् ।
शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो । यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई दिनमा आठ जनालाई पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लो पटक सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या ७ थियो । यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply