प्रधानमन्त्रीले माफी नमागे र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्छु : सांसद शर्मा
२९ साउन, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नु हुन्न र प्रधानमन्त्रीले ‘अपोलोजी’ गर्नु हुन्न भने आमरण अनसन डिक्लियर गर्छु’ उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने ।
शर्माले नक्कली सर्टिफिकेट प्रकरणमा आफूलाई प्रहरीले पक्राउ गरी लगेको विषयमा प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् । शर्माले भने, ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्नु भएको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराख्नु भएको छ ?
शर्माले आतंककारीको नेतृत्व गरेको भनेर प्रधानमन्त्री र गृहमन्त्रीमाथि आरोप लगाएसँगै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे नियमापत्ति भन्दै उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले तत्कालै पाण्डेलाई बोल्न नदिएपछि माओवादीका अन्य सांसदहरूले पनि उठेर विरोध जनाएका थिए ।
पछि सभामुख घिमिरेले एक जना सांसदले नियमापत्तिबारे जानकारी गराउनू भनि निर्देशन दिएपछि पाण्डेले बोलेका थिए । ‘सभामुख ज्यू आतंककारी भनिएको छ । संविधानअनुसार सदन चलिरहेको छ, पाण्डेले भने, ‘यतिखेर प्रधानमन्त्रीलाई आतंककारी भन्ने कुरा कसरी सम्भव भएको छ । यो रेकर्डबाट हटाइनु पर्छ राख्न पाइँदैन । पाण्डेले नियमापत्ति जनाएसँगै सभामुखले उनलाई नियमापत्ति नभई प्रतिवाद गरेको जवाफ दिए र बस्न अनुरोध गरे । ‘माननीय हितरात पाण्डे यहाँको भनाइबाट ध्यानाकर्षण भयो नियमापत्ति हैन बोलेको कुरामा प्रतिवाद देखियो बस्नुस्’ सभामुखले पाण्डेलाई भने ।
प्रधानमन्त्रीले आतंककारीको नेतृत्व गरिरहेको आरोप लगाउने शर्माको पार्टी र आपत्ति जनाउने पाण्डेको पार्टीकै नेतृत्वमा अहिले गठबन्धनको सरकार छ । यी दुवै सत्तारुढ दलका सांसद हुन् । कांग्रेस सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन २५ गते उनकै निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो ।
उनलाई नक्कली कागजात तथा विवरण पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । साउन २६ गते प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न शर्मालाई अदालत उपस्थित गराएको थियो । तर अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि शर्मा हिरासत मुक्त भएका थिए । उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply