सन्दीपविरुद्धको मुद्दामा किशोरीको आमाको उमेर यकिन गर्न आदेश
३२ साउन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज (बिहीबार) पनि फैसला हुन नसके । । अन्तिम सुनुवाई भन्दै आज फैसला आउने अनुमान गरिएको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खविडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिएका छन् ।
उनको जन्ममिति दुई वटा फेला परेको भन्दै अदालतले प्रमाणीकरण गराउन आदेश दिएको हो । लामिछानेले एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएका हुन् । उक्त विवरणमा पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।
उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिएका सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । उता किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ ।
यो प्रकरणमा ती किशोरीले अदालतको आदेशअनुसार राज्यले पीडित राहत कोषबाट दिने एक लाख रुपैयाँ बुझेर लगिसकेकी छन् । विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे प्रस्थान गरेयता उनीविरुद्ध मुद्दाको सुनुवाइले निरन्तरता पाउन सकेको थिएन । उनी जिम्बावेबाट फर्किएलगत्तै मुद्दाको सुनुवाइ भएर आदेश आएको हो ।
क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो । उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो । त्यसपछि धेरैपटक पेसी तोकिए पनि सुनुवाइ स्थगन गरिएको थियो ।
यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । तर विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply