काठमाडौंका ५० बढी ठाउँमा आज ६ घण्टा विजुली नआउने
२ भदौ,काठमाडौं । काठमाडौं उपत्यकाका ५३ ठाउँमा आज (शनिबार) ६ घण्टासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, सबस्टेसन मर्मतका क्रममा उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा बढी स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ । यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।
यी फिडरबाट वितरण भएको विद्युतको लाइन काटेर काम गर्नुपर्ने भएकाले यी फिडरको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्तिका लागि सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि नै काम सकिएमा लाइन पुनः सुरु गरिने प्राधिकरणको भनाइ छ ।
हेर्नुस् सूचना
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म

Leave a Reply