काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
३ भदौ,काठमाडौँ । काठमाडौंमा आज (आइतबार) बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएका लअन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नामथर वतन बताउन नसक्ने अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेका गोर्खा दरौँदी यातयात सेवा कम्पनी प्रालिको बस धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापाले चलाएका थिए भने मोटरसाइकल चलाउने व्यक्तिको नामथर वतन खुल्न सकेको छैन । दुवै सवारीसाधन र चालकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply