सदनको अवरोध हटाउन दलहरूबीच दुई बुँदे सहमति

६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुई बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा सहमति जुटेको बैठकमा सहभागी एक सदस्यले बताए ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ । ‘सहमति भएको छ, ती सदस्यले भने । बैठक अहिले पनि जारी रहेकाले सहमतिका बुँदा केहीबेरमा सार्वजनिक गरिने ती सदस्यले बताए । १० साउनदेखि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएको थियो । आज दिउँसो ३ बजे संसद बैठक बस्दैछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply