भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।
यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् । चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply