२० वर्षीय युवकको हत्या आरोपमा ‘लादेन’ र ‘बब’ पक्राउ
९ भदौ, चितवन । नवलपरासीको देवचुली नगरपालिका–३ घर भई चितवनको भरतपुर नगरपालिका–३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत भेटिएका थिए । उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–४ का २५ वर्षीय लादेन भनिने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका–१ का २१ वर्षीय बब भनिने योगेन्द्र साह छन् ।
गौतमलाई धादिङको गजुरी गाउँपालिका–२ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए । साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply