अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्यो नयाँ नक्सा

१२ भदौ, काठमाडौं । चीनले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतको अरुणाचल प्रदेश, अक्साई चीन क्षेत्र र ताइवानलाई चिनियाँ भूमिका रूपमा नयाँ चिनियाँ नक्सामा समेटिएको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ नक्सा सार्वजनिक गर्दै भनेको छ, सन् २०२३ का लागि देशको नक्सा सार्वजनिक भएको हो । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।
चीनले सार्वजनिक गरेका नयाँ नक्साको भारतभर विरोध सुरु भएको छ । भारतका सञ्चारमाध्यम चीनको आलोचना र विरोधमा उत्रिएका छन् । भारतले मात्र नभएर ताइवानले पनि चीनको विरोध गरेको छ । चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply