अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्यो नयाँ नक्सा
१२ भदौ, काठमाडौं । चीनले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतको अरुणाचल प्रदेश, अक्साई चीन क्षेत्र र ताइवानलाई चिनियाँ भूमिका रूपमा नयाँ चिनियाँ नक्सामा समेटिएको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ नक्सा सार्वजनिक गर्दै भनेको छ, सन् २०२३ का लागि देशको नक्सा सार्वजनिक भएको हो । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।
चीनले सार्वजनिक गरेका नयाँ नक्साको भारतभर विरोध सुरु भएको छ । भारतका सञ्चारमाध्यम चीनको आलोचना र विरोधमा उत्रिएका छन् । भारतले मात्र नभएर ताइवानले पनि चीनको विरोध गरेको छ । चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply