बालेनको प्रस्ताव : सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र) ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल–भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ । उनले नेपालमा ठूला खेल हुँदा खेल विकास हुने र करोडौं रकम आर्जन हुने दाबी गरे । ‘श्रीलंकामा खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद ।
उनले फेसबुकमा भनेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’
उनले खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको जानकारी दिए। सोमबारको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो। नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ । गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply