कोशीमा हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिने
२२ भदौ, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथ शुक्रबार साँझ ६ बजे हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) बमोजिम सरकार बनाउन परमादेश दिएपछि एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी (उपसभामुख बाहेक) ३९ सदस्य एमालेका रहेका छन् । कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएपछि पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते पदमुक्त भएका थिए ।
कार्कीपछि दुई पटक मुख्यमन्त्री भए पनि कांग्रेसका उद्धव थापा सर्वोच्चको आदेशले पदमुक्त भएका थिए । अब कार्कीले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । तर, एमाले र उसलाई सहयोग गरिरहेको राप्रपाको सिट मिलाउँदा पनि बहुमत पुग्ने अवस्था छैन ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply