विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरुले आज (आइतबार) सांकेतिक विरोध गर्दै ३ घण्टा ‘पेन डाउन’ गरेका छन् ।
सीआईबीले शनिबार मात्र एक जना भन्सार अधिकृत र दुई जना नायब सुब्बालाई ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेको थियो । यसअघि पनि दुई जना भन्सार अधिकृत र अन्य कर्मचारी पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा धमाधम त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी पक्राउ पर्न थालेपछि अन्य कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि सामूहिक सरुवा मागेका कर्मचारीहरूले अहिले भने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
कर्तव्य पालनाका सिलसिलामा भएका कामप्रति कर्मचारी व्यक्तिगत रुपमा जवाफदेही नहुने कानुनी व्यवस्था भए पनि पटक पटक हस्तक्षेप भएकाले काम गर्न सक्ने अवस्था नरहेको भन्दै त्रिभुवन भन्सारका कर्मचारीहरूले कार्यालयका हाकिम भन्सार प्रशासकलाई पत्र लेखेर आन्दोलनबारे जानकारी गराएका छन् ।
उनीहरूले विभिन्न पाँचबुँदे माग राखेका छन् । जसमा पक्राउ गर्ने कार्य बन्द गर्नुपर्ने, काम गर्ने वातावरण गर्नुपर्ने, गोपनीयताको हकको कार्यान्वयन गर्नुपर्ने जस्ता मागहरू छन् । उनीहरूले माग पूरा नभए पेन डाउन गर्ने, कार्गोमार्फत हुने निकासी पैठारीको काम रोक्ने, यात्रु शाखाको काम पनि नगर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply