प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
२९ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ ।
चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।
उक्त भेटघाटपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोक गर्ने कार्यक्रम रहेको छ ।
छोङछिङको भ्रमण पश्चात नेपालको सीमाना जोडिएको चीनको श्वासासित क्षेत्र तिब्बतको भ्रममा जाने र त्यहाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने नेपाल फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply