धादिङमा ट्रककोे ठक्करबाट २ जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध
१७ अशोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
उक्त ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।
धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।
उक्त घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक अहिले प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
Leave a Reply