बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
१४ कात्तिक, काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । हिजो (सोमबार) दिनदहाडै रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विहेत्तर प्रेम सम्बन्धमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एक जना पुरूषसँग पनि रिलेसनसीपमा रहेको अनुसन्धानमा पाइएको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाएका छन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न पटक–पटक दवाव दिएको पनि पाइएको छ । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका देखिएको बताएका छन् । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।
घटना संलग्न दुई जना पुरूष र एक जना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय अहिले खुलाइएको छैन । आज (मंगलबार) दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply