अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
३० कात्तिक, काठमाडौं ।अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका पुगेका राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन् । भेटपछि पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
अमेरिका र चीनबीच ताइवान विवाद, दक्षिण चीन सागरमा सेनाको गतिविधि, इसराइल-हमास युद्ध, युक्रेन युद्ध तथा अमेरिकी चुनावमा चीनले हस्तक्षेप गरेको जस्ता विभिन्न विवाद छ । दुई देशका राष्ट्रपतिको भेटवार्ताबाट दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन गरिएको छ ।
भेटमा रूस-युक्रेन युद्ध र इसराइल-हमास युद्धका बारेमा दुई राष्ट्रपतिले छलफल गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply