रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
१० मंसीर, काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आज (आइतबार) देखि फेरि सञ्चालनमा आउँदैछ । गत ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैं–तिहारको बिदामा यात्रुको चाप न्यून भएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्दै एक महिनामै बन्द गरिएको थियो ।
तर, आजबाट ११ वटा बस थपेर द्रुत बस सेवा पुनः सञ्चालनमा आएको हो । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ भने ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।
आजबाट काठमाडौं उपत्यकामा ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । मन्त्री ज्वालाका अनुसार ती बस तीन–तीन मिनेटको फरकमा छुट्ने छन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा कात्तिक ४ गतेदेखि स्थगित भएको थियो ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply