विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
१८ मंसीर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका चार नेताविरूद्ध काठमाडौं जिल्ला अदालतले ३५ दिने सूचना जारी गरेको छ । राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
माइला लामा र विप्लवविरुद्ध दुई वटा मुद्दा राज्यविरुद्धको कसुरकै दर्ता छन् । उनीहरूलाई आफैं अदालतमा उपस्थित हुन भनिएको छ । हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो । २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो ।
यो सूचना जारी भएको मितिले बाटाको म्यादबाहेक ३५ दिनभित्रमा आफूसँग भएका प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ। म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम अगाडी बढाउने र पछि उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply