राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
२० फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको पदावधि आइतबार सकिँदैछ । कृषि तथा पशुपंछी मन्त्री बेदूराम भूसाल र भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईको पनि पदावधि समाप्त हुँदैछ । शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीको पनि पदावधि समाप्त हुँदैछ ।
राष्ट्रियसभाको कार्यकाल समाप्तीसँगै राज्यमन्त्री पदबाट चपाई र प्रमिलाकुमारी पनि स्वतः पदमुक्त हुने भएका छन् ।
नयाँ संविधान बमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोलाप्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज राति १२ बजेदेखि सकिन लागेको हो ।
आइतबार पदावधि सकिनेसकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् ।
कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ । कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृघनारायण पाण्डेको पदावधि सकिएको छ ।
माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । त्यस्तै एकीकृत समाजवादीका बेदूराम भूसाल, नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला कुमारी र स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ ।
यता राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ । उनको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनी हुनेछन् । बाँकी १९ सांसद निर्वाचित भइसकेका छन् । उनीहरुको सपथ सोमबार हुँदैछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply