पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
अमेरिका : चन्द्रमाको एक क्रेटरलाई अब सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट चिनिने भएको छ । अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामाकरण समूहले चन्द्रमाको एक क्रेटरलाई ल्हामु नाम स्वीकृत गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको घोषणाअनुसार, सगरमाथा आरोहरण गर्ने प्रथम महिलाको सम्मानार्थ चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ल्हामु क्रेटर नामाकरण गरिएको हो ।
अन्तर्राष्ट्रिय खगोलीय संघले पासाङ ल्हामुको सम्मान र उनको अतुलनीय उपलब्धि भनेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत पासाङ ल्हामुको सम्मानले नेपाली महिलाहरूका लागि उच्च सफलताको बाटो खोलिदिएको र विश्वभर रहेका अनगिन्ती महिलाहरूलाई सम्मान पुगेको भनेको छ । राजदूतावासले भनेको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’
पासाङ ल्हामुको सम्मानमा चन्द्रमाको एक महत्वपूर्ण पर्वतको नाम राखिने भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो समाचारलाई महत्वका साथ स्थान दिएका छन् । यो समाचारसँगै आम नेपालीहरूले खुसी व्यक्त गरेका छन् । मेरिल्यान्ड राज्य सभाका सांसद डाक्टर ह्यारी भण्डारीले पासाङ ल्हामु शेर्पाको सम्मानले विश्वभर रहेका नेपालीहरूको शीर उँचो भएको बताएका छन् ।
सांसद भण्डारीले भने, ‘यो उच्च सफलताले विश्वभरका महिला दिदीबहिनी र आम नेपालीको सफलतासँग जोड्छ ।’ गैरआवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता प्रोफेसर डाक्टर राजन पन्तले पासाङ ल्हामु शेर्पाको सम्मानमा अन्तर्राष्ट्रिय खगोलीय संघले गरेको सम्मानले आज विश्वभर छरिएर रहेका नेपालीहरूको शीर उँचो भएको प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply