हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
ललितपुरको सानेपामा भएका दुई छुट्टाछुट्टै डेरा चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको विशेष टोलीले चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा सुन, गहना तथा नगद बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार, ललितपुर महानगरपालिका वडा नं. २ सानेपास्थित मिनु झाँको डेरा कोठाबाट करिब रु. १८ लाख ५० हजार बराबरको धनमाल तथा सोही क्षेत्रमा बस्ने वविता छिनाल परियारको डेरा कोठाबाट करिब रु. १५ लाख ३५ हजार बराबरको सुनचाँदीका गरगहना चोरी भएको थियो।
घटनापछि विशेष अनुसन्धान टोली परिचालन गरी गोप्य सूचनाको आधारमा प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सानेपा खरिबोट बस्दै आएका २४ वर्षीय समिर चौधरी, चोरीका गहना बिक्री गर्ने आरोपमा ४८ वर्षीया पूजा शर्मा जोशी तथा चोरीका गहना खरिद गरी गलाउने काममा संलग्न रहेको आरोपमा न्यूरोडस्थित कृष्णा डाईमण्ड सुनचाँदी पसलका सञ्चालक ४५ वर्षीय श्रवण कुमार रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न सुनका ढिक्का, चुरा, रिङ, बाली, तिलहरी लगायतका गरगहना र नगद रु. २२ लाख बरामद गरेको जनाएको छ।
बरामद सामग्री
- ७२.६८० ग्राम र ५.७९० ग्राम तौलका सुनका ढिक्का
- २८.२८० ग्राम तौलको सुनको चुरा
- सुनको रिङ, बाली र पेच
- रातो पोतेसहितको सुनको ठूलो तिलहरी र चन्द्रमा
- नगद रु. २२ लाख
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply