अर्थमन्त्रीको अर्थपूर्ण भारत भ्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेबाट सुरु हुने भारत भ्रमण तयारीको सिलसिलामा अर्थमन्त्री विष्णु पौडेल भारतीय नेताहरूसँगको भेटघाट तथा गृहकार्यमा नयाँ दिल्लीमा सक्रिय बनेका छन् ।
नयाँ संविधान घोषणापछि अघोषित नाकाबन्दीमार्फत असन्तुष्टि जनाइरहेको भारतले अघोषित रूपमै आइतबारबाट नाकाबन्दी फिर्ता लिइसकेको छ । यससँगै दुई देशबीचको मित्रवत् घनिष्ठ सम्बन्धलाई पुन:स्थापित गर्न चाहेको सन्देश भारतले दिएलगत्तै १० दिनपछि सुरु हुने प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्ने गृहकार्यका लागि अर्थमन्त्री पौडेल आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । भारतले नाकाबन्दी अघोषित रूपमै फिर्ता लिएको कूटनीतिक सन्देश दिएकै दिन अर्थमन्त्री पौडेल दिल्ली पुगेका हुन् । अघोषित नाकाबन्दी फिर्ता नलिएसम्म भ्रमण नगर्ने बताइरहेका प्रधानमन्त्री ओलीलाई भारतले नाकाबन्दी फिर्तासहित सकारात्मक सन्देश दिएलगत्तै दुवै देशका सरकारी अधिकारीहरू सम्बन्ध पुन:स्थापित गर्न सकिनेमा उत्साहित छन् । यो पृष्ठभूमिमा प्रधानमन्त्रीको भ्रमण सफल र अर्थपूर्ण बनाउन पौडेल सक्रिय छन् ।
उनीसँगै भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी दास, अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी पनि सहभागी छन् । प्रधानमन्त्री ओलीबाट भारतीय सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता गरी भ्रमणका क्रममा दुई देशबीचको भेटवार्ताका एजेन्डा तय गर्ने जिम्मेवारी पाएका पौडेलले त्यसअनुसार गृहकार्य गरिरहेका छन् ।
पौडेलले मंगलबार प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका छन् । सोमबार भारतीय समकक्षी अर्थमन्त्री अरुण जेट्लीसँग भेटवार्ता गरेका पौडेलले आइतबार विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । विदेशमन्त्री स्वराजसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपालमा भूकम्पपछिको पुनर्निर्माण र भारतीय सहयोगको प्रतिबद्धता, नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनलगायतका विषयमा कुराकानी गरेका छन् । पौडेलले प्रधानमन्त्रीको आगामी भ्रमणलाई दुई देशबीचको समृद्धि र साझा सहमति सिर्जना गर्न कोसेढुंगा साबित गराउने आफ्नो प्रयास रहने जनाएका छन् । त्यस्तै, पञ्चेश्वर परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन, नेपालमा संचालित भारतीय परियोजनालगायतका एजेन्डामा पनि पौडेलले भारतीय नेताहरूसँग कुराकानी गरेका छन् । भ्रमण पूरा गरी अर्थ मन्त्री पौडेल केही दिनभित्रै स्वदेश फर्किंदै छन् । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रमण तयारीको सिलसिलामा आन्तरिक परामर्श सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग परामर्श गरेका थिए ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
Leave a Reply