कोइरालाको निधनले देउवा समूहलाई संकट
देउवा र पौडेल दुवैको भर खुमबहादुर
काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन हुनुभन्दा एक महिनाअगाडि नै वरिष्ठ नेता शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको देउवा पक्षीय केही नेताको भेलाले निकालेको निष्कर्ष थियो, ‘संस्थापनबाट कोइराला आफैं सभापतिको उम्मेदवार भए भने चुनाव जित्न गाह्रो छैन तर सभापतिमा रामचन्द्र पौडेल संस्थापनको सर्वसम्मत उम्मेदवार भए भने के हुन्छ, भन्न सकिन्न ।’
पार्टीभित्र एउटा शक्ति केन्द्रका रूपमा स्थापित नेता खुमबहादुर खड्काको समर्थन पौडेल उम्मेदवार बनेको अवस्थामा त्यतै जान सक्ने आँकलनसहित देउवाको भेला यस्तो निष्कर्षमा पुगेको थियो । तर त्यो बेला सभापति कोइरालालाई क्रस गरेर पौडेल संस्थापनको उम्मेदवार बन्लान् भन्ने अलिकति पनि विश्वास देउवा समूहलाई थिएन । तर, अहिले परिस्थिति एक महिनाभन्दा अगाडि नै देउवा भेलाले निकालेको निष्कर्षतिर डोरिँदै गएको छ । कोइरालाको निधनपछि स्वाभाविक रूपमा संस्थापन पक्षको उम्मेदवार पौडेल नै बन्ने पक्कापक्की छ । यद्यपि महामन्त्री कृष्ण सिटौलाले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको यो उम्मेदवारी आफू जित्नभन्दा पनि अहिले पौडेललाई हराउन र अर्को महाधिवेशनमा संस्थापनको बलियो दाबेदारका रूपमा प्रस्तुत हुन मात्र भएको बताइन्छ । एक महिनाअगाडि आफूहरूले जे निष्कर्ष निकालेको थियो, परिस्थिति त्यतै उन्मुख भएपछि अहिले देउवा समूह झस्किएको छ । कांग्रेस स्रोतका अनुसार संस्थापन र देउवा कसलाई जिताउने भन्नेमा निर्णायक भूमिका खड्काको रहन्छ । तीन हजार एक सय ८० महाधिवेशन प्रतिनिधिमा खड्काका मात्र चार सय हाराहारीमा प्रतिनिधि आउँछन् । चार सय मतले आठ सयलाई प्रभावित पार्छ । त्यसैले खड्काको यो मत जता गयो उसैको पल्ला भारी हुने बताइन्छ । अहिलेसम्म खड्का देउवा समूहसँगै निकट छन् । तर देउवासँग उनको निकटता कोइराला सभापतिको उम्मेदवार रहँदासम्म मात्र रहेको जानकारहरू बताउँछन् । कोइरालासँगको सम्बन्ध हार्दिक नभएकैले उनले नचाहेरै भए पनि देउवालाई च्यापेका हुन् तर पौडेल सभापतिको उम्मेदवार बन्दा खड्काले देउवालाई काँध हालिनरहने बताइन्छ । खड्काले जसलाई समर्थन गर्यो, कोइराला परिवारका एक हस्ती शेखर कोइरालाको समर्थन पनि उसैलाई हुने बताइन्छ ।
यहीँ बुझेर अहिले पौडेलले खड्कालाई फकाउने रणनीति लिएका छन् । पछिल्ला दिनमा दिनहुँजसो पौडेल खड्का निवास सानेपामा धाउने गरेको स्रोतले बतायो । आफूलाई समर्थन गरेका पौडेलले खड्कालाई उपसभापति दिन कुनै कन्जुस्याइँ गर्नेछैनन् । किनभने खड्कालाई उपसभापति देउवाले नै दिने वचन दिइसकेका छन् । तर, खड्काले आफ्नो मात्र नभएर शेखरको समेत स्पेस खोजिरहेका छन् । स्रोतका अनुसार जुन समूहबाट शेखरलाई पनि पदाधिकारीमा ल्याउन सकिने अवस्था आउँछ, त्यही समूहलाई खड्काको समर्थन रहने बताइन्छ । एक त संस्थापनमा आकांक्षीहरू धेरै हुनु, त्यसमाथि खड्का र शेखरलाई पनि पदाधिकारीमै मिलाउनु पौडेलका लागि चुनौती भएको बताइन्छ ।
प्रचण्डको दैलोमा पौडेल
आफ्नै पार्टीका नेता भएकाले महाधिवेशनका मुखमा नेता खड्काकोमा पौडेलको आउजाउ बाक्लिनु कुनै नौलो कुरा भएन । तर अचम्मको कुरा त पछिल्लो समयमा उनको आउजाउ एमाओवादी अध्यक्ष प्रचण्डकोमा पनि बाक्लै हुने गरेको लाजिम्पाट स्रोतले बतायो । पौडेलले प्रचण्डलाई पनि भेटेर महाधिवेशनमा बाह्य वातावरण आफू अनुकूल बनाइदिन आग्रह गर्ने गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply