कमरेड आफैं बनाउने आफैं धज्जी उडाउने ?

काठमाडौं । आफंैले बनाएको नियमको आफैंले धज्जी उडाएपछि अरूले के पालना गर्लान् ? त्यस्ता अगुवाबाट संगठनको भविष्य कस्तो होला ? भन्नेजस्ता प्रश्न अहिले एमाले वृत्तमा बाक्लोसाग उठ्न थालेको छ ।
पार्टीको नियमावलीविपरीत महासचिव ईश्वर पोखरेलले मनोमानी र जथाभावी ढंगले पार्टी चलाउने, अन्य नेताको कार्यक्षेत्र मिच्नेजस्ता अनुचित कार्य गर्न थालेपछि एमाले वृत्तमा नियम, विधि, विधानजस्ता कुरा कसका लागि र किन बनाइएको भन्ने प्रश्न जोडतोडका साथ उठ्न थालेको छ ।
नवौं महाधिवेशन पछि महाचिव पोखरेलकै अगुवाइमा निर्माण भएको र केन्द्रीय कमिटीले पास गरेको नियमावलीमा सबै नेताको, विभाग प्रमुखहरूको जिम्मेवारी र कार्यक्षेत्र तोकिएको छ । नियमावलीको पेज नं. ४२ को बुादा नं. ‘ध’मा वैदेशिक मामिला विभागबारे उल्लेख गरिएको छ । जसमा उक्त विभागले गर्ने काम आठवटा बुादामा उल्लेख छ । जसको ४ नं बुादामा सो विभागको कामबारे यस्तो भनिएको छ– ‘विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने र त्यस्तो भ्रमणलाई पार्टीको हितमा अधिकतम उपयोगी बनाउन प्रयत्न गर्ने । विदेश भ्रमणमा जानेहरूबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र निजहरूको अभिलेख राख्ने ।’विदेश विभाग गठन भएको ६ महिना भइसकेको छ । गत मंसिरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई यो विभागको प्रमुखको जिम्मेवारी दिइएको हो । विभागले पूर्णता नपाए पनि प्रमुख बनाएपछि यसलाई विभाग गठन भएको मानिन्छ । तर, महासचिव पोखरेलले वरिष्ठ नेता नेपाललको जिम्मेवारी र अधिकार आफूले जबर्जस्त प्रयोग गर्दै आएका छन् । यसबीचमा महासचिव पोखरेलले भानुभक्त ढकालको नेतृत्वमा २० सदस्यीय, आफ्नै पीए नारायण सिलवालको नेतृत्वमा २० सदस्यीय, लालबाबु पण्डितको नेतृत्वमा २० सदस्यीय, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय टोली चीन भ्रमणमा पठाइसकेका छन् । यति मात्र होइन, पोखरेल आफंै, प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पोखरेललगायतको नेतृत्वमा पनि ससाना टोली विदेश भ्रमणमा गइसकेका छन् । तर, यी सबै भ्रमणबारे विदेश विभाग प्रमुख नेपाललाई थाहासम्म दिइएको छैन । महासचिव पोखरेलले नै गुटबन्दीका आधारमा अवैधानिक रूपले मान्छे विदेश पठाउने गरेका छन् ।
त्यति मात्र होइन, नेपालस्थित चिनियाा दूतावास र चिनियाा कम्युनिस्ट पार्टीलाई समेत अनधिकृत पत्राचार गरेर महासचिव पोखरेलले ‘आफ्नोबाट आएकाबाहेक कुनै पनि नाममा इन्टरटेन नगर्नू, कसैसाग सम्पर्क नगर्नू भन्ने’ हैकम देखाएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply