कमरेड आफैं बनाउने आफैं धज्जी उडाउने ?
काठमाडौं । आफंैले बनाएको नियमको आफैंले धज्जी उडाएपछि अरूले के पालना गर्लान् ? त्यस्ता अगुवाबाट संगठनको भविष्य कस्तो होला ? भन्नेजस्ता प्रश्न अहिले एमाले वृत्तमा बाक्लोसाग उठ्न थालेको छ ।
पार्टीको नियमावलीविपरीत महासचिव ईश्वर पोखरेलले मनोमानी र जथाभावी ढंगले पार्टी चलाउने, अन्य नेताको कार्यक्षेत्र मिच्नेजस्ता अनुचित कार्य गर्न थालेपछि एमाले वृत्तमा नियम, विधि, विधानजस्ता कुरा कसका लागि र किन बनाइएको भन्ने प्रश्न जोडतोडका साथ उठ्न थालेको छ ।
नवौं महाधिवेशन पछि महाचिव पोखरेलकै अगुवाइमा निर्माण भएको र केन्द्रीय कमिटीले पास गरेको नियमावलीमा सबै नेताको, विभाग प्रमुखहरूको जिम्मेवारी र कार्यक्षेत्र तोकिएको छ । नियमावलीको पेज नं. ४२ को बुादा नं. ‘ध’मा वैदेशिक मामिला विभागबारे उल्लेख गरिएको छ । जसमा उक्त विभागले गर्ने काम आठवटा बुादामा उल्लेख छ । जसको ४ नं बुादामा सो विभागको कामबारे यस्तो भनिएको छ– ‘विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने र त्यस्तो भ्रमणलाई पार्टीको हितमा अधिकतम उपयोगी बनाउन प्रयत्न गर्ने । विदेश भ्रमणमा जानेहरूबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र निजहरूको अभिलेख राख्ने ।’विदेश विभाग गठन भएको ६ महिना भइसकेको छ । गत मंसिरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई यो विभागको प्रमुखको जिम्मेवारी दिइएको हो । विभागले पूर्णता नपाए पनि प्रमुख बनाएपछि यसलाई विभाग गठन भएको मानिन्छ । तर, महासचिव पोखरेलले वरिष्ठ नेता नेपाललको जिम्मेवारी र अधिकार आफूले जबर्जस्त प्रयोग गर्दै आएका छन् । यसबीचमा महासचिव पोखरेलले भानुभक्त ढकालको नेतृत्वमा २० सदस्यीय, आफ्नै पीए नारायण सिलवालको नेतृत्वमा २० सदस्यीय, लालबाबु पण्डितको नेतृत्वमा २० सदस्यीय, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय टोली चीन भ्रमणमा पठाइसकेका छन् । यति मात्र होइन, पोखरेल आफंै, प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पोखरेललगायतको नेतृत्वमा पनि ससाना टोली विदेश भ्रमणमा गइसकेका छन् । तर, यी सबै भ्रमणबारे विदेश विभाग प्रमुख नेपाललाई थाहासम्म दिइएको छैन । महासचिव पोखरेलले नै गुटबन्दीका आधारमा अवैधानिक रूपले मान्छे विदेश पठाउने गरेका छन् ।
त्यति मात्र होइन, नेपालस्थित चिनियाा दूतावास र चिनियाा कम्युनिस्ट पार्टीलाई समेत अनधिकृत पत्राचार गरेर महासचिव पोखरेलले ‘आफ्नोबाट आएकाबाहेक कुनै पनि नाममा इन्टरटेन नगर्नू, कसैसाग सम्पर्क नगर्नू भन्ने’ हैकम देखाएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक

Leave a Reply