आफ्नै क्षेत्रमा ईश्वर पराजित
काठमाडौं । सामान्य अवस्थामा भएको भए एमाले पंक्तिमा एउटा क्षेत्रीय अधिवेशनको यति चर्चा नै हुने थिएन । झन्डै एक दशकदेखि पार्टीको कार्यकारी पदमा बसेको र आफूले चाहेबमोजिम काम गर्दै आएका एकजना नेता आफ्नै क्षेत्रमा नराम्ररी पराजित हुँदा एमाले पंक्तिमा अहिले चर्चाको विषय बनेको छ । महासचिव ईश्वर पोखरेल दुईपटक संविधानसभाको निर्वाचन लडेर पराजित भएको काठमाडौं– ५ नम्बर क्षेत्रमा आफ्नै कार्यकर्तासामु पराजित भएका छन् ।
गत शुक्रबार महाराजगन्जस्थित सीमा पार्टी प्यालेसमा आफैंले उद्घाटन गरेको क्षेत्रीय अधिवेशनमा महासचिव पोखरेलले आफ्नो प्रतिष्ठाको विषय बनाएर खडा गरेका अध्यक्षका उम्मेदवार हरि अधिकारीसहित उनको टिमले हारेको छ । उद्घाटनका क्रममा उनले पार्टीका वरिष्ठ नेता माधव नेपालको उछित्तो काढ्दै पार्टी आफूले मात्रै बचाएको दाबी गरेका थिए । बूढानीलकण्ठ गाविसका पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठको नेतृत्वमा सचिव, उपसचिवसहित बहुमत माधव नेपाल पक्षले हात पारेको छ । पार्टीभित्र आफूलाई राम्रो भन्नेबाहेक अरू कार्यकर्तालाई देखिनसहने र खिसिट्युरी गर्ने महासचिव पोखरेलले कार्यकर्ताबाट आफ्नो टिम पराजित भएपछि कसकसले मत दिएनन्, अब देखाइदिन्छु भन्दै कार्यकर्ताको खेदो खन्ने काममा टिम खटाइसकेको बताउन थालेका छन् ।
पोखरेलले आफ्ना प्रतिनिधिका रूपमा सबै काम गर्न आफ्ना पीएसमेत रहेका हुलाकका चौथो तहका कर्मचारी नारायण सिलवाललाई फिल्डमा खटाएका थिए । उनीसँग पोखरेलपत्नी मीरा ध्वजू, सिलवालपत्नी रत्ना गुरुङ, पीए दीपेन्द्र श्रेष्ठहरूले पनि सक्दो कोसिस गरेर फिल्डमै हरिका पक्षमा मत मागेका थिए । तर, कार्यकर्ताले सधैंभरि एउटै मान्छेलाई च्यापिरहने भन्दै महासचिव पोखरेलले विगतमा गरेका पक्षपातपूर्ण व्यवहारको खुलेर विरोध गरेका थिए । हुलाकी हुँदाहुँदै नारायण सिलवाललाई पीए बनाएको, उनैलाई पटकपटक चीन भ्रमणमा पठाएको, आफ्नै श्रीमती मीरालाई सांसद बनाएको, चीन भ्रमणमा जाँदा पीए, पीएका भाइ र श्रीमतीका पीएलाई पठाएको जस्ता कुरा उठाएका थिए । त्यति मात्र होइन, सम्बन्धित विषयमा कुनै सरोकार नभए पनि आफूले मन पराएकै कारण मेडिकल काउन्सिलकी कर्मचारी अनिता लामालाई गोरखापत्र संस्थानको बोर्ड सदस्य बनाएकोमा पनि कार्यकर्ताले आक्रोश पोखेका थिए । अझ रमाइलो कुरा त के भइदियो भने ५ नम्बर क्षेत्रका तत्कालीन अध्यक्ष हरि अधिकारीलाई महासचिव पोखरेलले १ नम्बर क्षेत्रमा पर्ने थापाथलीस्थित प्रसूति गृहको सञ्चालक समिति सदस्य नियुक्त गरेका थिए, जसका कारण यसपटक उनलाई थप अप्ठ्यारो परेको थियो । रमाइलो कुरा त के छ भने ४ नम्बर वडाका पुराना कार्यकर्ता पवन खत्रीलाई कुनै हालतमा कमिटीमा नल्याउन उनले गरेको प्रयास पनि सफल भएन । बालकृष्ण श्रेष्ठको प्यानलबाट उनले सदस्य जितेपछि कार्यकर्ताहरूले दुईजनाबीच तुलना गरिरहेका छन् ।
अधिवेशनले ५१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । उपाध्यक्ष निर्वाचित ध्रुवप्रसाद थपलियाचाहिा केपी ओली पक्षधर हुन् । सचिवमा ध्रुवराज पाण्डे र उपसचिवमा बेखनारायण डंगोल निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा राष्ट्रमान श्रेष्ठ, सुवास न्यौपाने, कृष्णप्रसाद सापकोटा, सुनिल महर्जन, केशव श्रेष्ठ, रमेश डंगोल, तोयानाथ अधिकारी, कृष्ण तामाङ, जग्गनाथ ढकाल, पवन खत्री, नारायण खतिवडा, सुरेन्द्रराज रेग्मी, सूर्यमाया डंगोल, भगवती गौतम, नानीमैया श्रेष्ठ, सन्तकुमारी श्रेष्ठ, सुस्मिता नगरकोटी, राममाया महर्जन, च्यान्टु लामा, सन्ध्या खनाल, शारदा खड्का, मीरा जोशी, अनिता कुँवर, शान्ता राई, कान्छी श्रेष्ठ, शकुन्तला पोखरेल, विमला न्यौपाने, कल्पना घिमिरे, सम्झना कुँवर, कल्पना बयलकोटी, भूगोलबाट प्रेमकुमार सुनुवार, रामबहादुर थिङ, दिनेश महर्जन, दिनेश श्रेष्ठ, सानुराजा श्रेष्ठ, नन्दलाल श्रेष्ठ, किरण शाह ठकुरी, पदमकाजी महर्जन, मधुकर बस्नेत, राधेश्याम श्रेष्ठ, गोपीलाल महर्जन, गणेश श्रेष्ठ, भानु दाहाल, जमुना गिरी, रामसेवक थापा, प्रेम थापा र कैलाश श्रेष्ठ चयन भएका छन् ।
यसअघि काठमाडौं–४ को अधिवेशनबाट पनि माधव नेपाल पक्षीय कुसुम कार्कीको टिम विजयी भएको थियो । माधव नेपाल प्रधानमन्त्री हुँदा उनको सल्लाहकार बनेर सक्दो फाइदा उठाएका राजन भट्टराई केपी ओलीतिर लागेपछि त्यहाँ माधव नेपाल पक्षको स्थिति सुदृढ भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply