एमालेमा उपाध्यक्षले मागे प्रदेश संयोजक
काठमाडौं । नेकपा एमालेका केन्द्रीय उपाध्यक्षहरूले नवगठित प्रदेश संगठन कमिटीमा संंयोजकको जिम्मेवारी मागेका छन् । स्थायी कमिटीले विकास क्षेत्र र अञ्चलको संरचना विस्थापित गरेपछि भूमिकाविहीन हुने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् ।
स्थायी समितिको अघिल्लो बैठकमा उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलले प्रदेश संयोजकमा दाबी गरेका छन् । ‘विकास क्षेत्र नरहेपछि उपाध्यक्षहरूले विगतजस्तै भूमिका पाउनुपर्छ भन्ने कुरा हामी सबै (उपाध्यक्ष)बाट बैठकमा कुरा उठेको छ,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने । ज्ञवालीसहित गौतम, रावल र शाक्यले पनि संयोजकमा दाबी गरेका हुन् । बैठकमा गौतमले उपाध्यक्षलाई बाइपास गरेर संयोजक बन्न नसक्ने बताएका छन् भने रावलले निर्वाचित उपाध्यक्षलाई भूमिकाविहीन बनाउने कुरा उचित नहुने धारणा राखेका छन् । ‘हामी सबै महाधिवेशनबाट निर्वाचित भएर आएका हौं, विकास क्षेत्र नरहेपछि अब हामीले नै किन प्रदेश संयोजनको जिम्मेवारी नपाउने ?’ रावलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।
एमालेको विधानमा ५ उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारीको व्यवस्था थियो तर नयाँ संविधानअनुसारको संरचना बनेपछि भने उनीहरूको भूमिका के हुने भन्ने अन्योल देखिएको छ । एमालेले स्थायी समितिबाट करिब ५ सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको पनि संयोजक र सचिव पदको भने टुंगो लागिसकेको छैन । कुरा नमिलेकै कारण गत ४ गतेयता ३ पटक स्थायी समिति बैठक स्थगित भइसकेको छ । संयोजक चयनमा ढिलाइ भइरहँदा १८ गते सातवटै प्रदेशमा आयोजना गर्न लागिएको प्रदेशस्तरीय भेला संयोजकविनै सम्पन्न हुने भएको छ ।
सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले विधानमा उपाध्यक्षको अधिकार संयोजनकारी र अनुगमनकर्ता भएकाले कायमै राखेर कमिटीको संयोजक स्थायी समितिबाट मनोनीत गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन् । ‘विधानले व्यवस्था गरेअनुसार पदाधिकारीले जिम्मेवारी लिँदा उपयुक्त हुन्छ भन्ने कुरा बैठकमा उठेको हो,’ गुरुङले भने । एउटा प्रदेशमा कम्तीमा दुई/तीनजना पोलिटब्युरो सदस्य रहेकाले तीमध्येबाट कसलाई चुन्ने भन्ने समस्या आउने हुादा स्थायी समिति सदस्यबाहेक संयोजकमा अरूको विकल्प नरहेको उनको भनाइ छ ।
सचिव पनि मनोनीतको विकल्पमा छलफल
गत ४ वैशाखमा सम्पन्न एमाले केन्द्रीय कमिटीले प्रदेश संयोजक र सदस्यहरू स्थायी समितिबाट र सचिव भने प्रदेश कमिटीलाई मनोनित गर्ने जिम्मा दिएको थियो । तर, स्थायी समितिबाटै सचिव पनि मनोनीत गर्ने विकल्प अघि सारिएको एक पदाधिकारीले बताए ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
Leave a Reply