घडीको सुईजस्तै मन खित्रिक–खित्रिक
काठमाडौं । ‘न्यायपरिषद्बाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको जब फोन आयो, तब मेरो मन खित्रिकखित्रिक घडीको सुईजस्तै हल्लियो, १ माघ २०६५ सालको त्यो दिन के गरौं, कसो गरौं जस्तो त्यसपछि श्रीमान्लाई जानकारी दिएँ ।’ संसदीय सुनुवाइमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशमा नियुक्ति हुादाको यस्तो अनुभव सुनाउने सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीशमा नियुक्त भएर इतिहास रचेकी छन् ।
३१ वर्षसम्मको वकालत र करिब आठ वर्षसम्म न्यायिक निरूपणसहित ३९ वर्षसम्मको कानुनी क्षेत्रको अनवरत यात्रापछि न्यायापालिका प्रमुख बनेकी कार्कीको अनुभव, कार्ययोजना र सुनुवाइमा उठेका प्रश्नका उत्तर सुनुवाइमा सभासद्हरूले निकै घत माने । उनै कार्कीले सोमबारबाट आफ्नो कार्यभार सम्हालेकी छन् । आइतबारको तीन घण्टाको संसदीय विशेष सुनुवाइमा कार्कीले आफ्ना जीवनका घतलाग्दा अनुभव मात्रै सुनाइनन्, निकै ‘बोल्ड’ प्रस्तुतिका साथ सभासद्हरूको मन पनि जितिन् । सभासद्हरूको प्रश्नको जवाफ दिइसकेपछि पनि कार्कीले सोधिन्– ‘अब चित्त बुझ्यो ?’ कार्कीको प्रस्तुतिबाट निकै प्रफुल्ल मुद्रामा सन्तुष्ट देखिएका समितिका सभापति केबी गुरुङले सभासद्हरूलाई थप प्रश्न गर्ने अवसर पनि दिएनन् । १३ जनामध्ये कांग्रेस मुख्य सचेतक चिनकाजी श्रेष्ठले थप प्रश्न सोध्न खोज्दा गुरुङले बसेकै सिटबाट हात लम्काएर हस्तक्षेप गरे । रोचक प्रसंग त के छ भने उनै चिनकाजीले सुरुमा सोधेको प्रश्नको उत्तर दिने क्रममा कार्कीले चिनकाजीको सट्टा चिनियाँकाजी भन्दै नामै ‘ट्विस्ट’गर्दा सुनुवाइ समितिको हल हाँसोको फोहोराले गुन्जिन पुगेको थियो । जवाफमा चीनकाजीले ‘म चीनबाट आएको होइन’ भन्दै फर्काएका थिए । सुुनुवाइमा जवाफ दिएर आफूले कुनै प्रतिशोध नसाँध्ने भन्दै समितिले प्रधानन्यायाधीशमा ‘नो’ भन्दा पनि कुनै फिक्री नहुने बताएकी थिइन् । आफू विगतमा नेविसंघ मोरङको जिल्ला अध्यक्ष रहेको बताएकी कार्कीले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको भनाइ सम्झिादै भनिन्– ‘गिरिजाबाबुले राजनीतिमा स्थायी शत्रु र मित्रु हुन्न भन्नुहुन्थ्यो, त्यस्तै तपाईंहरूले नो भन्दा पनि मलाई केही फरक पर्नेछैन ।’
अदालनमा समावेशिता भएन भन्ने प्रश्नको जवाफ उनले चोटिलो ढंगले फकाइन्– ‘सभासद्ज्यू ! पााचतारे होटलमा लाखौं खर्चिएर समावेशिताको कार्यक्रम गर्नुभन्दा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा त्यो पैसा लगानी गर्दा अदालतमा समावेशिता भन्नै पर्दैनथ्यो कि !’ यसको औचित्य पुष्टि गर्ने गरी नै उनले भनिन्– ‘अदालतमा न्यायाधीश हुन त योग्यता चाहिन्छ, २० वर्ष कानुनी क्षेत्रमै काम गरेको हुनुपर्छ ।’ भ्रष्टाचारको आशंकाका सम्बन्धमा सोधिएको प्रश्नमा उनले सबै हिसाबकिताबका लागि आफू डकुमेन्टसहित उपस्थित भएको भन्दै ती सबै हेर्न सभासद्लाई आग्रह मात्रै गरिनन्, भ्रष्टाचार गरेको भए त श्रीमान्साग डिर्भोस भइसक्ने जवाफ फर्काइन् ।
एकैपटक दुई कप चिया पिउँदा
सुनुवाइ समिति बैठकमा सभासद्हरूले लगातार प्रश्नको वर्षा गरिरहादा प्रस्तावित प्रधानन्यायाधीश कार्की प्रश्न टिप्नै व्यस्त थिइन् । बीचैमा टेबुलमा सेतो चिया आयो । उनले आधा कप चिया प्रश्न टिप्दाटिप्दै एकसुरमा पिइन् । खासमा उनी दूध हालेको सेतो चिया पिउँदैनथिन्, तर जब उनले त्यो थाहा पाइन्, सहयोगीलाई बोलाएर फर्काइन् र अर्को कप कालो चिया मगाएर पिउन थालिन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply