जाादाजाादै बालुवाटारमा बिदाइ ‘डिनर’
काठमाडौं । साढे नौ महिनापछि पदबाट राजीनामा दिएर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सााझ प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ ‘डिनर’ दिएका छन् । सरकारमा सहभागी उपप्रधानमन्त्री तथा मन्त्रीहरू, पार्टी स्थायी समिति सदस्य, सत्तारूढ दलका नेता–कार्यकर्ता, मुख्य सचिवसहित सुरक्षा अंगका प्रमुखहरूलगायत बिदाइ ‘डिनर’मा सहभागी थिए । बेलुकी सााझ ५ बजेपछि आयोजित डिनर डेढ घन्टासम्म चलेको थियो । बालुवाटारमै उनले सबैसाग अनौपचारिक भेट गर्दै नेतृत्वका लागि सहयोग पुर्याएको भन्दै सबैलाई धन्यवादसमेत दिए । तर, एमाले सचिव योगेश भट्टराई भने पार्टी कार्यक्रमको सिलसिलामा झापा रहेका कारण सहभागी थिएनन् ।
प्रधानमन्त्री ओलीले टेलिफोन गरेर निम्त्याइएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने डिनरमा उपस्थित भएनन् । यद्यपि, माओवादी केन्द्रका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शिक्षामन्त्री गिरिराजमणी पोखरेल भने सहभागी थिए । सत्तारूढ दल भएर पनि आफैंले अविश्वास प्रस्ताव राखेर ओली सरकार ढाल्दा नैतिक प्रश्नका कारण दाहाल सहभागी हुन नसकेको धेरैले डिनर बैठकमा टिप्पणी गरेको एक सहभागीले बताए ।
त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, अन्य उपप्रधानमन्त्रीहरू र एमाले स्थायी समितिका अधिकांश नेताहरू बिदाइ डिनरमा सहभागी थिए । डिनरमा प्रधानमन्त्री आफैंले सहभागीहरूलाई हासिलो मुद्रामा स्वागत गरेका थिए । कतिपयले भने ओलीको सम्बोधन ऐतिहासिक भन्दै खुलेर प्रशंसा गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले अपराह्न बालुवाटारमै पार्टीनिकट नेता र मन्त्रीहरूसाग संसद्को सम्बोधन र भावी योजनाका सन्दर्भमा अनौपचारिक समीक्षासहित परामर्श गरेका थिए । उक्त समीक्षामा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए । ओलीले अनौपचारिक छलफलमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई भने निम्त्याएका थिएनन् । समीक्षामा सहभागीहरूले नयाा सरकार गठनका लागि सरकारले संविधान संशोधनका लागि गरेको बाधा–अड्काउको सिफारिस, प्रधानमन्त्रीको राजीनामा र सम्बोधनलगायत समग्र विषयमा समीक्षा गरेका थिए । प्रधानमन्त्रीको सम्बोधनले सरकार ढाल्न भएको षड्यन्त्रको चिरफार गर्नुका साथै नयाा बन्ने सरकारलाई गम्भीर चुनौती खडा गरेको विषयमा केन्द्रित रहेर समीक्षा भएको सहभागी एक नेताले बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनता बचाउादै राष्ट्रिय एकता मजबुत बनाउन सकेको, समृद्ध नेपालका लागि आधार निर्माण गर्ने गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेकोमा खुसी व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply