एसएसपी बढुवामा मन्त्री र आईजीका बेग्लै लिष्ट
काठमाडौं । नेपाल प्रहरीमा रिक्त सात जना एसएसपीका लागि गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अलग–अलग नाम गोजीमा बोकेर हिँडेका छन् । मन्त्री निधिले वरिष्ठ र व्यावसायिक भन्दा पनि कनिष्ठ र मधेसका अनुहारलाई बढी च्यापेकाले व्यावसायिक अफिसर बढुवामा छुट्ने आशंका गर्न थालिएको छ ।
गत भदौमा एसएसपी राजेन्द्र श्रेष्ठ, मंसिर २९ मा विक्रमसिंह थापा, भूपाल भण्डारी र रोमेन्द्रसिंह देउजा उमेर हदका कारण अवकाश भएपछि एसएसपीमा चारवटा पद रिक्त भएका थिए । पुसको पहिलो हप्ता रमेश भट्टराई, केदारमानसिंह भण्डारी र गणेश केसी डीआईजीमा बढुवा भएपछि एसएसपीको रिक्त दरबन्दी सातवटा पुगेको थियो । त्यो लटमा बढुवा हुन छुटेका लव विष्ट र योगेश्वर रोमथानी पुस १६ मा एसएसपीको पदावधि सकिएर अवकाश भएपछि रिक्त एसएसपीको दरबन्दीको संख्या नौ पुगेको थियो । तर, रिक्त दरबन्दीमध्ये अख्तियारको र एमटी (सवारी) को दरबन्दी काटिएको छ । बाँकी सात एसएसपीको दरबन्दीका लागि अहिले १७–१८ जना एसपी दौडका रहेका छन् । तर, मन्त्री निधि र आईजी अर्यालको कुरा नमिल्दा बढुवा रोकिएको छ ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री निधिले एसपीहरू राजेशलाल कर्ण, दिलीप चौधरी र रामकृपाल साहलाई जसरी पनि एसएसपी बढुवा गने अड्डी लिएर बसेका छन् । वरिष्ठताका हिसाबले कर्ण तेस्रो नम्बरमा पर्ने भए पनि चौधरी र साह कनिष्ठ हुन् । आईजी अर्यालले भने ईश्वरबाबु कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल र प्रद्युम्न कार्कीलाई जसरी पनि बनाउने भन्दै नाम बोकेर हिँडेको बताइन्छ । उता वरिष्ठताका हिसाबले पहिलो नम्बरमा सञ्जय शर्मा छन् भने दिलेद्र श्रेष्ठ, चिरञ्जीवी देवकोटा, दिलीप बस्नेत, शैलेश थापा, रुवीन्द्रनाथ रेग्मीहरू अगाडि रहेका छन् । कनिष्ठ भए पनि आईजी अर्यालले बोकेका एसपीहरू व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् । तर, मन्त्रीले लिँडेढिपी गरे व्यावसायिक प्रहरी अधिकृत बढुवामा छुट्ने चर्चा प्रहरी वृत्तमा व्याप्त छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply