कुलमान भाषणमा व्यस्त, प्रसारण लाइन खोइ ?
काठमाडौं । सन् २०१९ को अन्तिमसम्म रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न हुने देखिएको छ । निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न दु्रतगतिमा अहिले सो जलविद्युत् आयोजनाको काम भइरहेको छ । चिलिमे जलविद्युत् आयोजनाअन्तर्गतकै १ सय ११ मेगावाट क्षमताको रसुवागढीको निर्माण कार्य सम्पन्न भए पनि केन्द्रीय प्रसारण लाइनमा कहिले जोडिन्छ भन्ने प्रश्न भने उब्जिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण र विस्तारमा तदारुकता नदेखाएका कारण निर्माण सम्पन्न भएपछि पनि रसुवागढी प्रसारण लाइनमा जोडिने सम्भावना टर्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न भारतसँग बिजुली खरिद गरे पनि आफ्नै देशमा धमाधम निर्माण भइरहेको जलविद्युत्लाई प्रसारण लाइनमा जोड्न निर्माण गर्ने कार्यमा भने ढिलासुस्ती देखाइरहेको हुँदा समस्या उत्पन्न हुने निश्चितजस्तै भएको छ ।
रसुवागढी जलविद्युत्बाट उत्पादन भएको बिजुलीलाई केन्द्रीय प्रसारणमा जोड्न चिलिमेदेखि त्रिशूली ३ ‘बी’ हबसम्म प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । तर २ सय २० केभीको उक्त प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले ठेक्का दिइसके पनि तदारुकता नदेखाउँदा निर्माण कार्य अघि बढ्न सकेको छैन । अहिले निर्माण कार्य सुरु भएर तीव्र गतिमा काम हुँदा पनि दुई वर्ष लाग्ने बताइन्छ ।
त्यस्तै समस्या रसुवाकै सान्जेन जलविद्युत् आयोजनामा पनि देखिने भएको छ । ५७ मेगावाटको सान्जेल आयोजनाका दुईवटा पावर हाउस रहेका छन् । माथिल्लो सान्जेन १४ मेगावाटको हो भने तल्लो सान्जेन ४२ मेगावाट क्षमताको हो । माथिल्लो सान्जेनको पनि दुई वर्षभित्रै उत्पादन सुरु हुने बताइन्छ । सान्जेनबाट उत्पादित बिजुली लागि पनि चिलिमेदेखि त्रिशूली ३ ‘बी’ हबसम्मकै प्रसारण लाइनमा जोडिने हो । तर दुवै आयोजनाबाट उत्पादन हुने १ सय ६८ मेगावाटको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न प्राधिकरणले प्रसारण लाइन निर्माणमा सुस्तता देखाइरहेको हुँदा उत्पादन भएलगत्तै प्रसारण लाइनमा जोडिने सम्भावना कम हुँदै गएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply