22nd November 2017, Wednesday

E-budhabar

तीव्र घेराबन्दी छिचोल्दै एमाले



यतिबेला देशका सबै राजनीतिक दलहरुको अर्जुनदृष्टि २ नम्बर प्रदेशमा परेको छ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ तहमा आगामी असोज २ गते निर्वाचन हुन लागिरहेको हुँदा प्रमुखदेखि अरु राजनीतिक दलहरु तराई–मधेसमै केन्द्रित रहेका छन् । मधेसको प्रचण्ड गर्मी क्रमशः घट्ने क्रममा रहे पनि राजनीतिक सरगर्मीले भने सप्तकोसी पश्चिमदेखि गण्डकी पूर्वसम्मका भूभाग तातिइरहेका छन् । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बन्न सफल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र तेस्रो चरणको चुनावमा भाग लिन पुगेको राजपालगायत अरु मधेसी दलहरुसमेत निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न मतदाताहरुबीच व्यस्त देखिएका छन् ।
निर्वाचनको माहोल तातिइसके पनि भयरहित वातावरणमा निर्वाचन हुनेमा भने प्रश्नचिन्ह उब्जिन पुगेको छ । खासगरी, पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो शक्तिको रुपमा उभिन पुगेको एमालेलाई अरु राजनीतिक दलहरुले अवरोध गर्ने, घेराबन्दीमा पार्ने र निषेधको राजनीतिलाई बढावा दिने क्रम सुरु गरेसँगै निर्वाचन भयरहित, निष्पक्ष तरिकाले हुनेमा आशंका उत्पन्न गराएको हो । एमालेको बढ्दो लोकप्रियता देखेर आत्तिएका अरु राजनीतिक दलहरुले एमालेविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने, सभा र कार्यक्रमहरुमा अवरोध पु¥याउने र ढुंगामुडाको सहारा लिएर एमालेलाई जनताबीच जान नदिनेजस्ता प्रयत्न विगत केही दिनयता तीव्र रुपमा चलिरहेका छन् । अरु राजनीतिक दलहरुले एमालेप्रति अपनाएको रवैयाले भयरहित वातावरणमा चुनाव हुनेमा शंका उत्पन्न हुँदै आएको छ ।
२ नम्बर प्रदेशका अधिकांश तहमा प्रमुख राजनीतिक दलहरु एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । केही तहमा मात्र माओवादी केन्द्र र मधेसी दलहरुबीच प्रतिस्पर्धा हुने छ । एमालेसँग तीव्र प्रतिस्पर्धा हुने देखेपछि कांग्रेसले अहिले सम्पूर्ण खर्च नै एमालेविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने र मतदातालाई भुलभुलैयामा पारेर जनमत आफूतिर आकर्षित गर्ने कार्य गरिरहेको छ । आन्तरिक किचलोले कांग्रेस थिल्थिलो भए पनि र आकांक्षीहरुको व्यवस्थापन गर्न नसके पनि एमालेप्रति खनिने कार्यमा भने कांग्रेसहरु एकजुट देखिएका छन् । खासगरी, मधेसी दलहरुले एमालेलाई भिराउँदै आएको ‘एमाले मधेसविरोधी पार्टी हो’ भन्ने थेगोलाई कांग्रेसले समेत एमालेविरुद्धको चुनावी हतियार बनाएको छ । अहिले कांग्रेस त्यही हतियार प्रयोग गरेर एमालेलाई ताछ्ने र चुनावमा सफलता प्राप्त गर्ने ध्याउन्नामा जुटेको छ ।
एमालेविरुद्ध भ्रामक प्रचार–प्रसार गरेर जनमत आफूतिर आकर्षित गर्ने काममा मात्र कांग्रेसले अग्रसरता लिएको छैन, एमालेलाई एक्ल्याउन अरु राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने सम्भावनालाई बढावा दिएको छ । माओवादी केन्द्र र राजपासँग कतिपय तहमा तालमेल गर्ने गरी कांग्रेसले कदम उठाएको छ । ‘अरु दलले चुनाव जिते केही छैन, एमालेले भने जित्नु हुन्न’ भन्ने मान्यता बोकेर कांग्रेस अघि बढेको छ । एमालेविरुद्ध भ्रामक प्रचार गरेर हुन्छ वा अरु दलसँग तालमेल गरेर हुन्छ, एमालेलाई मधेसबाट बढार्ने अभियानमा कांग्रेस जुटेको छ ।
मधेसी दलहरुको त कुरै नगरौं । एमालेविरुद्ध नानाभाँती दुस्प्रचार गर्ने कार्यमा राजपाजस्ता दलले महारत नै हासिल गरेको छ । तुलनात्मक रुपमा संघीय समाजवादी फोरम र सत्तारुढ नै भए पनि लोकतान्त्रिक फोरमले एमालेविरुद्ध आक्रमक रवैया अपनाएका छैनन् । तर, राजपाले भने एमालेलाई मधेसविरोधी दल भएको सावित गर्न न्वारानदेखिको बल लगाइरहेको छ । एमालेसँग वैचारिक प्रतिवाद गर्न नसकेपछि पछिल्लो समय राजपाले आफ्ना कार्यकर्ताहरुलाई एमालेविरुद्ध हिंसात्मक आक्रमणमा उत्रिन निर्देशन दिएको छ । केही दिनअघि, एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि जनकपुरमा भएको ढुंगामुडा त्यसकै संग्लो प्रमाण हो । जनकपुर प्रकरणपछि सुरक्षाका दृष्टिकोणले राम्रो मानिने जनकपुरमा एमालेका वरिष्ठ नेतामाथि ढुंगामुडा गरेर राजपाले मधेसका अरु भूभागमा एमालेलाई सुरक्षित नभएको सन्देश दिन खोजेको प्रष्टै देखिन्छ ।
चौतर्फी घेराबन्दी, अवरोध र निषेधको राजनीति एमालेमाथि लादिए पनि एमाले भने निकै संयमता, धैर्यता र सुझबुझ अपनाएर २ नम्बर प्रदेशका जनतासामु आफ्ना चुनावी एजेन्डाहरु लिएर पुगेको छ । एमालेले अधिकांश तहमा विवादरहित रुपमा नै आफ्ना उम्मेदवारहरु चयन गरेको छ र अरु राजनीतिक दलहरुमा जस्तो टिकटका लागि विवाद, हानाथाप र असन्तुष्टि एमालेमा नभएको स्पष्ट सन्देश पनि दिएको छ । सत्तारुढ दलहरु चुनावी तालमेल गरेर एमालेलाई एक्ल्याउने रणनीतिमा जुटे पनि र राजपाजस्ता दलहरु एमालेलाई पूर्णतः निधेष गरेर जाने तयारीमा लागे पनि एमालेले २ नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने लक्ष्यसहित आफ्नो चुनावी अभियान थालेको छ । जनताको घरदैलोमा पुगेर एमालेले मधेसको विकास र मधेसी जनताको प्रगतिका निम्ति चालेका कदमहरुबारे प्रष्ट पारेको छ । यो नै घेराबन्दी, अवरोध र निषेधलाई छिचोलेर २ नम्बर प्रदेशमा पहिलो शक्ति नै बन्ने एमालेको प्रयत्नको उपज हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा