झक्कु र लेखनाथको राजीनामाले माओवादीमा खैलाबैला
काठमाडौं । दुई शक्तिशाली नेताको राजीनामा प्रकरणले माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । अध्यक्ष प्रचण्ड एमालेस“गको एकतापछि एकीकृत पार्टीको शक्तिशाली अध्यक्ष बन्ने धुनमा रातदिन मिहिनेत गरिरहेका बेला शक्तिशाली नेताद्वय झक्कुप्रसाद सुवेदी र लेखनाथ न्यौपानेको राजीनामाले माओवादी केन्द्रमा खैलाबैला मच्चिएको हो । सुवेदी ३ नम्बर प्रदेश संयोजक र न्यौपाने काठमाडौं जिल्ला इन्चार्ज हुन् ।
त्यसो त दुवै नेताले एमाले प्रवेश गर्ने या पार्टी परित्याग गर्ने मनाशयले राजीनामा नदिए पनि त्यो प्रकरण पार्टी एकीकरणका बेला अध्यक्ष प्रचण्डका लागि भने नैतिक गलपासोजस्तो बनेको छ । दुवै नेताले वाम एकता हु“दा पनि काठमाडौंको प्रतिनिधिसभाको १० र प्रदेशसभाका २० सहित ३० सिटमा पार्टीले एक सिट पनि जित्न नसकेको भन्दै राजीनामा दिएका हुन् । न्यौपानेले चुनावलगत्तै तथा सुवेदीले करिब तीन साताअघि राजीनामा दिए पनि माओवादी केन्द्रले यो प्रकरण बाहिर ल्याउन चाहेको छैन ।
माओवादी स्रोतका अनुसार न्यौपानेले जिल्ला पार्टीस“ग उम्मेदवार छनोटमा समन्वय नगरेको, प्रदेशका, इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुबेदीले आफूखुसी उम्मेदवार तय गर्दा पार्टीले हार बेहोर्नुपरेको र समग्रमा पार्टीको मत घट्दै गएको भन्दै हारको नैतिक जिम्मेवारी लि“दै राजीनामा दिएका छन् । माओवादीभित्र लोकप्रिय निष्ठावान् युवानेता मानिने न्यौपानेले उठाएको प्रश्नले पार्टी अध्यक्ष प्रचण्डमाथि नै नैतिक संकट उत्पन्न भएको कार्यकर्ताहरूले चर्चा गर्न थालेका छन् । स्थानीय तहमा कांग्रेसस“ग तालमेल गर्दा अपेक्षित सिट नआए पनि वाम तालमेल गर्दा ३ लाखभन्दा कम मत आएकोमा माओवादी नेतृत्वले समीक्षा गरेको छैन । देशभर अस्तव्यस्त संगठन र आर्थिक रूपले पार्टी देशैभर ऋणैऋणमा डुब्ने स्थितिमा कसरी पुग्यो भन्ने कहिल्यै समीक्षा नभएकोमा न्यौपानेले नेतृत्व स्खलित हु“दै गएको भन्दै कलममार्फत वैचारिक अभियान नै छेड्दै आएका थिए ।
उता, सुवेदीले भने प्रदेशसभाको समानुपातिक सिटतर्फ सांसद छनोटमा गम्भीर प्रश्न उठेकै समयमा तीन साताअघि राजीनामा दिएका छन् । सिन्धुपाल्चोकका पुराना नेता झंकप्रसाद पराजुलीले दोलखाका एक व्यक्तिलाई पैसामा टिकट बेचेको गम्भीर आरोप लगाउ“दै सुवेदीमाथि हातपात गरेपछि पेरिसडा“डाको कुटाकुट प्रकरण चर्चित बनेको थियो । गलत तरिकाले समानुपातिकतर्फको सांसद छनोट प्रकरणमा मुछिएकाले सुवेदीले दबाब थेग्न नसकेरै राजीनामा दिएको हुन सक्ने एक माओवादी नेताले बताए । सुवेदीस“ग भने यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply