महाधिवेशनको मुखमा खनाल चीन जाँदै
बैशाख १४, काठमाडौं । महाधिवेशन हुन २९ दिन बाँकी रहँदा एमाले अध्यक्ष झलनाथ खनाल १० दिन लामो चीन भ्रमणमा निस्किन लाग्नुभएको छ । नेता केपी ओलीको स्वास्थ्यका कारण महाधिवेशन केही दिन लम्बिने चर्चा चलिरहेको बेला उहाँको चीन भ्रमणले झन् आशंका बढेको छ ।यही बैशाख २३ गते २० सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष खनाल चीन जाँदै हुनुहुन्छ । पाँच वर्षअघि ०६६ बैशाखमा पनि खनालले चीन भ्रमण गर्नुभएको थियो । प्रधानसेनापति रुक्मांगद कटवाललाई पदबाट हटाउन उहाँले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चीनबाटै स्वीकृति दिनुभएको थियो । अध्यक्ष खनालको चीनसँग राम्रो सम्बन्ध रहेको मानिन्छ र चीनले आफ्ना घनिष्ट मित्रका रुपमा उहाँलाई मर्यादा दिँदै आएको छ ।
अध्यक्षका रुपमा अन्तिम पटक चीन भ्रमण गर्न लाग्नुभएका खनालले १० दिन चीनमा रहँदा भेट्ने नेताहरुको भने अझै विवरण प्राप्त भएको छैन । उहाँका स्वकीय सचिव दीपक अमात्यका अनुसार, चिनियाँ पक्षबाट कार्यक्रमको विस्तृत विवरण आउन बाँकी छ । तर, एक विश्वस्त स्रोतका अनुसार, चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव जी सिङपिङसँग अध्यक्ष खनालको भेट हुने सम्भावना भने कम छ ।
अध्यक्ष खनालको टोलीमा केन्द्रीय कमिटीका सचिव विष्णुप्रसाद पौडेल, पोलिट्ब्युरो सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य परशु मेघी गुरुङ, एकबहादुर राना, गरिमा शाह, शघुघ्न महतो, चन्द्रबहादुर शाही, पर्सा जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, स्यांजा जिल्ला अध्यक्ष पद्मा अर्याल, किसान महासंघका उपमहासचिव बलराम बाँस्कोटा, केन्द्रीय सल्लाहकार कमिटी सदस्य शेषमणि आचार्य, संघीय मामिला विभागका सचिव शिव गुरुङ, विदेश विभाग सदस्य तथा खनाल प्रधानमन्त्री हुँदाका विदेश मामिला सल्लाहकार मिलन तुलाधर, खनालका स्वकीय सचिव दीपक अमात्य, केन्द्रीय कार्यालयकी उपसचिव मीना ज्ञवाली, धनकुटाका भीम राई, इलामका दीपक थेवे र नेपाल एफएमका स्टेशन म्यानेजर सुवास खतिवडा छन् ।
टोलीलाई बेइजिङका अतिरिक्त कुन्मिङ र स्यान्याङ पनि घुमाउने कार्यक्रम छ । टोली जेठ २ गते स्वदेश फर्किनेछ ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
Leave a Reply