माधव नेपाल स्पष्ट बहुुमतमा, अल्फाबिटामा भनाभन
काठमाडौं । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा पदेनबाहेक निर्वाचित हुनेमध्ये हालसम्म घोषित १८ सय ५१ प्रतिनिधिमध्ये बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा स्पष्ट बहुमत देखिएको छ । पार्टीलाई धनवाद र डनवादबाट मुक्त गरी नीति र विचारका आधारमा चलाउने पक्षमा १ हजार ८२ जना प्रतिनिधि खुलेर देखिएका छन् भन ७ सय ६९ मध्ये कतिपय प्रतिनिधि अझै खुलेका छैनन् ।
गत मंगलबार सकिएको मतदानपछि बरिष्ठ नेता नेपालको पक्षमा माहौल थप मजबुत बनेको छ । सिन्डिकेट र भागबन्डाका आधारमा तयार भएको केपी–वामदेव गौतम समूहले गढ भन्दै प्रचार गरेका क्षेत्रहरुमा धमाधम नेता नेपाल पक्षधर प्रतिनिधिहरु निर्वाचित भएका छन् । आफ्नो पकडमा रहेको भनेर प्रचार गरिएका जनवर्गीय संगठनहरुमा समेत नेता नेपालका पक्षमा स्पष्ट बहुमत देखिएको छ । अन्तिम परिणाम अनुसार नेपाल पक्षधर १ सय ४ जनाले जितेका छन् भने ओली पक्षधर ७४ जना चुनिएका छन् । यसैगरी, गढका रुपमा प्रचार गरिएको उपत्यकामा पनि ओली पक्षलाई नराम्रो झड्का लागेको छ, जहाँ नेपाल पक्षधर ६३ जना चुनिएका छन् भने ओली पक्षधर ३६ मात्र । आज बर्दिया र काठमाडौं– २ मा निर्वाचन हुँदैछ ।
संसदीय दलको नेता भएयता एकपटक संसदीय दलको बैठक समेत आयोजना गर्न नसक्नुका साथै संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिहरु समेत चयन गर्न असमर्थ विरामी नेता केपी ओलीको निस्क्रियताको असर प्रतिनिधि चयनमा पनि देखिएको छ । कार्यकर्ताले एकातिर विरामी नेताको नेतृत्वमा पार्टी चल्न नसक्ने र अर्कातिर उहाँको नाम अघि सारेर एउटा निश्चित समूहले पार्टी कब्जा गर्न खोजेकाले कार्यकर्ताहरु सचेत देखिएका छन् । प्रतिनिधि चयनका क्रममा उहाँ उपत्यकाबाहिरका एउटा पनि कार्यक्रममा सहभागी हुन सक्न््ुुभएन ।
यसैबीच ओली पक्षको सचिवालयमा हिजो बेलुकी नेताहरुबीच भनाभन भएको छ । आफ्नो पक्षमा प्रतिनिधि कम आउनाको कारण एकले अर्कोलाई देखाउन थालेपछि भनाभन भएको थियो । स्रोतका अनुुसार कार्यालय संयोजक राजन भट्टराईले ‘गलत रिर्पोट दिने’ भन्दै हप्काएपछि मेहश बस्नेत, पृथ्वीसुुब्बा गुुरुङ, गोकुुल बाँस्कोटा लगायतका नेतावीच भनाभन भएको थियो । तल नजाने यहाँ बसेर ठूला कुरा गर्ने भन्दै बस्नेत र ढकाल झोक्किएका थिए । तँ–त र म–म नै भएपछि गुुरुङले परिस्थितिलाई सामान्य बनाएका थिए । उनले अझै ‘केही बिग्रिएको छैन, सरकारमा हामी नै छौ, जे पर्छ त्यहि गर्नुपर्छ बरु योजना बनाऊ’ भनेपछि सबै नेता भित्र गोप्य हलमा पसेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply