किन बन्यो तीन दलबीच पीटीएमा सहमति ?
काठमाडौं । मंगलबार अबेर तीन दल भारतसँग विद्युत विकास सम्झौता (पीटीए) गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् । मस्यौदामा सहमति जुटाउन कांग्रेसबाट रामशरण महत, एमालेबाट भीबहादुर रावल र एमाओवादीबाट नारायणकाजी श्रेष्ठ सम्मिलित कार्यदल गठन गरिएको छ ।
भारतसँग पीटीए नहुने भन्दै बन्द भएको अध्याय तीन दलबीचको सहमतिपछि फेरि ब्युँतिएको छ । मंगबार बेलुकी भएको सहमति अनुसार शनिवारसम्म तीन दलले सम्बद्ध पक्षहरुसँग छलफल गरेर भारतसँग सम्झौतामा प्रयोग हुने भाषासहितको मस्यौदा तयार गर्नेछन् । १७ वर्षपछि भारतीय प्रधानमन्त्री आउन लागेको बेला कुनै न कुनै दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने ठहर गर्दै तीन दल उक्त निष्कर्षमा पुुगेका हुन् । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार, नेपाल–भारतबीचको सम्बन्धमै दरार आउन सक्ने र फेरि यस्तो मौका नआउन सक्ने भएकाले दलहरु सम्झौता गर्न सहमत भएका हुन् ।
स्रोतका अनुसार, एमालेका तर्फबाट कार्यदलमा रहेका रावलले विहिबार दिउँसो संविधानसभा भवनमा आफ्नो दलका शीर्ष नेताहरुलाई ब्रिफिङ गर्नुुका साथै त्यसबारेमा समान धारण माग गर्नुहुनेछ । यसैगरी, एमाओवादी र कांग्रेसका नेताहरुले पनि आपसमा सल्लाह सुरु गरेका छन् ।
कांग्रेसका तर्फबाट कार्यदलमा रहेका महत भारतबाट आएको प्रस्ताव जस्तोको तस्तै मान्नुपर्ने धारणा राख्छन् भने एमालेका रावल र एमाओवादीका श्रेष्ठ चाहिँ भारतबाट प्रस्तावित मस्यौदामा संशोधन गरेर मात्रै सहमति हुनुुपर्ने पक्षमा छन् । नेता रावलसँग गत आइतबार भेट गर्दा यही कुरालाई संकेत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले व्यंग्य गरेकी थिइन् ।
वार्तामा प्रक्रियामा सहभागी नेताका अनुसार, यसपटक भारतले सम्झौता गर्नैपर्छ भनेर दवाव दिएको छैन । नेपाल सहमत नभएपछि भारतीय पक्षले थप कुुराकानी पनि गरेको छैन । तर, नेपालका दलहरुबीच नै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्न उक्त सम्झौता गर्नुपर्ने धारणा आएकाले छलफल अघि बढेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply