मैले परराष्ट्र मन्त्रालयमा एक वर्षमा के गरेँ ?
महेन्द्रबहादुर पाण्डे
परराष्ट्र मन्त्रालयले मुलुकको राष्ट्रिय हितको संरक्षण र सम्वर्धन गर्ने क्रममा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको द्विपक्षीय सम्वन्धलाई थप विस्तार र प्रगाढ बनाउने तथा क्षेत्रीय र बहुपक्षीय कूटनीतिमा नेपालले खेलेका भूमिकाको सम्बन्धमा संक्षेपमा प्रस्तुत गर्न चाहान्छु
क) द्विपक्षीय कूटनीति
१) सम्माननीय प्रधानमन्त्रीको निमन्त्रणामा भारतका प्रधानमन्त्री माननीय श्री नरेन्द्र मोदीले गत श्रावण १८-१९ मा दुई दिने नेपाल भ्रमण गर्नु भयो ।त्यसैगरी भारतीय विदेशमन्त्री माननीय सुष्मा स्वराजले श्रावण ९-११मा गर्नु भएको नेपाल भ्रमणसँगै २३ बर्ष पछि नेपाल-भारत संयुक्त आयोगको तेश्रो बैठक सम्पन्न भयो। लामो अन्तराल पछि भएको भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देश बीचको सम्वन्धलाई थप उचाई दिने काम गर्यो । यस अवसरमा दुई देशबीच हुनसक्ने विकासमा साझेदारीका नयाँ सम्भावनाहरु देखा परे। जलस्रोतमा भारतीय लगानी, पञ्चेश्वर परियोजना, पेट्रोलियम पाईपलाईन निर्माण, लगायत नेपालको आर्थिक विकासका लागि थप भारतीय सहयोग जस्ता क्षेत्रमा उत्साहप्रद नयाँ सुरुवात भयो ।सात बर्षको अन्तराल पछि नेपाल-भारत सीमासम्बन्धी कार्य पुन: शुरू भएको छ। नेपाल भारतबीच बहुप्रतिक्षित ऊर्जा व्यापार सम्झौता सम्पन्न भएको।काठमाण्डौ दिल्ली बस सेवा सञ्चालन, रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माण, ट्रमा सेन्टरको हस्तान्तरण, विराटनगर-जोगबनी र बिजलपुरा-जनकपुर-जयनगर Cross Border Railway बिकास काम, Integrated Check Post निर्माण कार्य जस्ता महत्त्वपूर्ण कार्यहरूमा उल्लेख्य प्रगति भएको छ।
२) लिपुलेक सम्बन्धी सीमा विवादको विषयलाई गम्भिरताका साथ लिँदै कूटनीतिक तहमा पत्राचार लगायत कूटनीतिक पहल भएको छ ।
३) सम्माननीय राष्ट्रपतिज्यूबाट BOAOForum For Asia मा सहभागी हुन चैत्र १२-१८ सम्म चीनको भ्रमण सम्पन्न भएको उक्त अवसरमा चीनका महामहिम राष्ट्रपतिसँग द्विपक्षीय वार्तासमेत भएको।असोज २०७१ मा सम्माननीय उपराष्ट्रपतिज्यूबाट चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण र First China Tibet Tourism and Cultural Expo मा Guest of Honour को रूपमा सहभागिता जनाउनु भएको।
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको उक्त अवसरमा नेपाल चीन सम्बन्धका विविध आयामहरूमा सहमति भएको।त्यसैगरी माननीय परराष्ट्र मन्त्रीज्यूबाट चैत्र ३-७, २०७१ सम्म चीनको औपचारिक भ्रमण सम्पन्न भएको। यस आ.व.मा नेपाल-चीनबीच गृहमन्त्री लगायतका विभिन्नस्तरमा द्विपक्षीय भ्रमणहरू आदानप्रदान भएका। त्यसैगरी नेपाल-चीन कूटनीतिक सम्बन्धको ६०औं बर्ष पुगेको अवसरमा दौत्य सम्बन्धको हिरक महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाउन नेपाल सरकारले परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको छ।नेपालले चीन सरकार समक्ष BIPPA सम्झौताका लागि प्रस्तावित सम्झौता पेश गरेको।
४) नेपाल र बंगलादेशबीच मिति २०७१।१०।१४-१५ मा Agreement on Avoidance of Double Taxation सम्झौता सम्पन्न भएको, नेपाल बंगलादेशबीच बाणिज्य व्यापार विस्तार गर्न २०७२ बैशाखमा प्राविधिक समितिको बैठक सम्पन्न भएको। नेपाल र श्रीलंकाबीच व्यावसायिक उडानका सम्झौताका सम्बन्धी कार्य भइरहेको।
५) जापानका परराष्ट्र मन्त्रीको निमन्त्रणामा माननीय परराष्ट्र मन्त्रीबाट अक्टोबर ६ देखि ८, २०१४ मा जापानको भ्रमण सम्पन्न गरी २ देशको सम्बन्धलाई थप प्रगाढ पार्ने कार्य भएको।त्यसैगरी नेपाल जापान द्विपक्षिय परामर्श संयन्त्रको पहिलो बैठक मार्च २०१५ मा परराष्ट्र सचिवको नेतृत्वमा सम्पन्न भयो ।
६) नेपाल र संयुक्त अधिराज्यबीच द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक २० अगस्ट, २०१४ मा काठमाण्डौमा सम्पन्न भएको।उक्त बैठकमा आपसी हीतका विविध बिषयमा छलफल भयो।साथै, कूटनीतिक सम्बन्धको द्वि-सतबार्षिकीका अवसरमा एक संयुक्त कार्यदल गठन गरी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको।भूतपुर्व ब्रिटिश गोर्खाका गुनासाहरू समाधान गर्न एक कार्यदल गठन गरिएको र आंशिक रूपमा केही समस्याहरूको समाधान भऐको।
७) संयुक्त अधिराज्यका Secretary of State for International Development, क्यानडाका श्रम मन्त्रीको नेपाल भ्रमण सम्पन्न भएको।
८) संयुक्त अधिराज्य, अमेरिका र रसिया लगायतका मुलुकहरूसँग Agreement on Avoidance of Double Taxation and Fiscal Evasion सम्झौता गर्न कारवाही अगाडि बढाइएको।
९) यस आ.व. मा नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्ने क्रममा १३९औं राष्ट्रका रूपमा काजकस्तानसँग दौत्य सम्बन्ध कायम भएको छ।त्यसै गरी अफ्रिकी मुलुक गणतन्त्र गिनी र मध्य एसियाली मुलुक उज्बेकस्तानसँग दौत्य सम्बन्ध स्थापनाको कार्य प्रारम्भ गरिएको।यस बर्षमा नेपालका लागि नियुक्त विभिन्न १५ मित्रराष्ट्रका राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्य सम्पन्न भयो।
ख) क्षेत्रीय कुटनीति
१) राष्ट्रिय प्रतिष्ठासँग जोडिएको १८औं सार्क शिखर सम्मेलनको आयोजना मंसिर १० र ११ मा ३६ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सफल रूपमा सम्पन्न गरिएको।त्यस अवसरमा क्षेत्रीय ऊर्जा सम्झौता सम्पन्न भएको र अन्य दुई Motor Vehicle and Railway Agreement लाई छिट्टै अन्तिम चरणमा पुर्याउने सहमति भएको।१८औं शिखर सम्मेलन देखि नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको।त्यसयता सार्क स्वास्थ्य मन्त्रिस्तरीय बैठक र मुख्यसचिवस्तरीय बैठक सम्पन्न भएको र चौथो सार्क यातायात मन्त्रिस्तरीय बैठक प्रास्तावित गरिएको, चौथो गरिबी निवारण मन्त्रिस्तरीय बैठक, नवौं SAFTA मन्त्रिस्तरीय बैठकहरू निकट भविष्यमा आयोजना हुन गइरहेका छन्।
२) BIMSTEC को तेस्रो शिखर सम्मेलन पश्चात् नेपालले BIMSTEC को अध्यक्षता ग्रहण गर्यो।त्यसयता चौथो कृषि बिज्ञ समूहको बैठक लगायत बिभिन्न अन्य महत्वपूर्ण बैठकहरू सम्पन्न भएका छन्।
३) (BBIN)बंगलादेश, भूटान, भारत र नेपालबीच जुन १५, २०१५ थिम्पु, भुटानमा Motor Vehicle Agreement under the regulation of Passenger, Personal and Cargo Vehicular Traffic between Bangladesh Bhutan India Nepal सम्झौता सम्पन्न भयो।यस सम्झौताबाट यी मुलुकहरूबीच यातायात सञ्जालको बिकासबाट व्यापार लगायतका सम्बन्ध थप विस्तार हुने विश्वास गरिएको छ।
४) रूसको Ufa मा हालै सम्पन्न Sanghai Cooperation Organisation (SCO) कोशिखर सम्मेलनले नेपाललाई dialogue partner को रूपमा समावेश गरिएको।
ग) बहुपक्षीय कूटनीति
१) संयुक्त राष्ट्रसंघको ६९औं महासभामा (सेप्टेम्बर १९, २०१४ देखि शुरू) सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा सहभागी भई नेपालको राष्ट्रिय राजनीतिको वस्तुस्थिति तथा वहुपक्षीय सम्बन्धका बिषयमा नेपालको धारणा प्रस्तुत गरिएको।महासचिवलगायतका पदाधिकारिहरूसँग उच्चस्तरीय भेटघाट गरिएको।त्यसैगरी Climate Summit,२०१४ मा नेपालको समस्या र धारणा प्रस्तुत गरिएको।
२) नोभेम्बर ३-५, २०१४ मा भियनामा भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरूको दोश्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई नेपालको आगामी सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने सम्बन्धमा लिएको नीति राख्दै LLDC को पक्षमा नेपालको तर्फबाट दरिलो प्रतिबद्धता व्यक्त भएको।डिसेम्बर १६-१८, २०१४ मा काठमाण्डौमा Asia Pacific LDCs Ministerial Meeting on Graduation and Post- 2015 Development Agenda को सफलतापूर्वक आयोजना गरिएको।
३) UN Human Rights Council को २८औं अधिवेशन, UN World Conference on Disaster Risk Reduction सेन्डाई, जापान, मार्च १४-१८, २०१५ परराष्ट्र मन्त्रिस्तरीय सहभागिता रहेको।
४) Post 2015 Development Agenda तय गर्न विभिन्न चरणमा नेपालको सक्रिय सहभागिता भइरहेको।3rd International Conference on Financing for Development मा नेपालको सहभागिता भइरहेको।
५) मिति २०७२ बैशाखमा ईन्डोनेशियाको जाकार्तामा वाङडुङ कन्फेरेन्सको ६० औं वर्ष गाँठको अवसरमा आयोजित Asian African Summit २०१५मा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्र मन्त्री सहभागी भई South-South Cooperation को प्रवर्द्धन गर्दै शान्ति विकास तथा समुन्नति प्रति एशियाली तथा अफ्रिकी मुलुकहरुका साथ पुन: ऐक्यवद्धता जाहेर गरिएको थियो।
६) भूकम्पको महाविनाश पश्चात् नेपालको पुनर्निमाणको लागि अन्तराष्ट्रिय सहयोग जुटाउन १५ मे, २०१५ मा १२७ सदस्य राष्ट्रहरुको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभामा सर्वसम्मतिले एक प्रस्ताव पारित भयो।
७) संयुक्त राष्ट्र संघको ७०औं महासभाका लागि प्रशासन तथा वित्तीय समिति (पाँचौ समिति)मा नेपाल अध्यक्ष पदमा चुनिएको।
घ) भूकम्प र राष्ट्रिय पुनर्निमाणमा
१) भूकम्पको महाविनाश पश्चातको खोज, उद्धार र राहत कार्यमा अन्तराष्ट्रिय सहयोगको लागि आह्वान गरिएको र मित्रराष्ट्र, अन्तराष्ट्रिय संघ संस्थाहरुबाट प्राप्त सहयोगलाई समन्वय गरिएको ।यस कार्यका लागि मन्त्रालयका कर्मचारीहरुलाई विमानस्थल, प्रभावित जिल्लाहरु, भण्डारण कक्षहरुमा सार्वजनिक विदाका दिनहरुमा समेत खटाई कार्य गरेको ।त्यसैगरी उद्धार र राहत कार्यका लागि नेपालमा तत्काल आवश्यक पर्ने प्राथमिकता सूचीका वस्तुहरुको जानकारी सहयोगी समक्ष पुर्याई सोही अनुसारको सहयोग पठाउने व्यवस्था मिलाएको ।सहयोग, संयोजन र परिचालनका लागि सम्पूर्ण नेपाली नियोगहरुलाई परिचालन गरिएको ।
२) राहत तथा पुनर्निर्माण कार्यका लागि विदेशस्थित नेपाली नियोगहरूबाट प्रत्यक्ष रूपमा संकलन गरी प्रधानमन्त्री राहत कोषमा हालसम्म जम्मा रू. १,६६,२१,१९,८७५.६२।(एक अर्व छैसठ्ठी करोड उन्नाईस लाख आठसय पचहत्तर रुपैया बैसठ्ठी पैसा ) जम्मा गरेको।त्यसैगरी प्रधानमन्त्री राहतकोषमा प्रत्यक्ष रूपमा सहयोग जम्मा गर्न अनुरोध गरिएबमोजिम सहयोग रकम प्राप्त भइरहेको।सोही अनुसार विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट रू. १,४५,४२,००,८६४.९२-।(एक अर्व पैतालिस करोड बयालिस लाख आठ सय चौंसठ्ठी रूपियाँ बयानब्बे पैसा) र विभिन्न व्यक्ति र संघसंस्थाहरूबाट रू. ८२,२९,६७,०९८.९४।– (बयासी करोड उनन्तिस लाख सत्सठ्ठि हजार अन्ठानब्बे रूपियाँ चौरानब्बे पैसा) रकम गरी हालसम्म जम्मा रू. ३,९३,९२,८७,८३९.४८।–(तीन अर्ब त्रियानब्बे करोड बनायब्बे लाख सतासि हजार आठ सय उनन्चालीस रूपियाव अठ्चालिस पैसा) प्रधानमन्त्री राहत कोषमा विदेशबाट जम्मा भएको छ र यो क्रम जारी रहेको छ।त्यसै गरि नियोगहरू राहत सामाग्रीहरु पठाउने, उपचार टोली पठाउने, उद्दार सामाग्री पठाउने कार्यमा समेत सक्रियताका साथ संलग्न रहे ।
३) २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्प तथा तिनका पराकम्पनहरूबाट भएको क्षति र त्यस पश्चात् पूनर्निर्माण कार्यका लागि असार १० मा आयोजना गरिएको International Conference on Nepal’s Reconstruction मा परराष्ट्र मन्त्रालयले सारभूत बिषयहरू तथा व्यवस्थापकीय पक्षमा अर्थ मन्त्रालयसँग समन्वय गरी सम्मेलनलाई सफल पार्न सघाउ पुर्याएको।
४) भूकम्प पश्चात् विभिन्न मित्रराष्ट्रहरूबाट नेपालको अनुरोधमा उपकरणसहित Rescue and Relief र संलग्न जनशक्तिलाई आगमन र पुनरागमनको व्यवस्था मिलाउने काम गरेको।
ङ) संविधानको मस्यौदामा सुझाव संकलन गर्न सहयोग
संविधानको मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकहरूको राय सुझावलाई समेत समेट्नका लागि संविधानसभाबाट निर्देशन भएबमोजिम रायसुझाव संकलन गर्ने कार्यमा विदेशस्थित सबै नेपाली नियोगहरूलाई परिचालन गरिएको छ।
च) विकास कूटनीति
१) वैदेशिक रोजगार: वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गर्न नेपाल सरकारले पहल गरिरहेको छ।नेपाल साउदी अरबबीच श्रम सम्झौता अन्तिम चरणमा पुगेको, नेपाल कुवेतबीच घरेलु कामदार सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको।त्यसैगरी वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को कार्यान्वयन शुरू गरिएको। खाडीका ६ मुलुकहरू र मलेसियामा न्यून लागतमा नेपाली कामदारहरू पठाउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित नेपाली नियोगहरूलाई निर्देशन पठाएको।
२) वैदेशिक लगानी, पर्यटन: वैदेशिक लगानी प्रवर्द्धनका लागि दूतावासहरूले Investment Summit हरू आयोजना गर्ने र भूकम्प पश्चात् पर्यटन प्रवर्द्धनका लागि Travel Advisory मा नकारात्मक सुझाव हटाउन लगाउने, Nepal is Safe, Visit, Enjoy and Help Nepal जस्ता कार्यक्रमहरू आयोजना गर्ने क्रम बढाइएको छ।
छ) राहदानी तथा कन्सुलर कार्य
१) राहदानी विभाग:
I. चालू आ. व. को हालसम्म १३ लाख ५१ हजार ९ सय तीन यन्त्रवाचक राहदानी (MRP)जारी गरी ४ अर्ब ४६ करोड ६० लाख २७ हजार ३ सय राजश्व संकलन भएको। राहदानी विभागको बेरूजु फर्छ्यौट ९४% रहेको।हालसम्म ३५ लाख ४७ हजार १ सय ७३ यन्त्रवाचक राहदानी (MRP) जारी भएको।हालसम्म नेपाली नागरिकहरूले करिब १ लाख २० हजार राहदानी हराएको जानकारी गराए अनुसार हराएका राहदानीको विवरण जारी गरिएको।
II. अबको तीन महिना भित्रमा विदेशस्थित १० वटा नेपाली नियोगहरू दोहा, कुवेत, क्वालालम्पुर, रियाद, जेद्दा, हङकङ, लण्डन, न्युयोर्क, वासिङ्गटन डि.सी., अबुधाबी र राहदानी विभागसमेत गरी जम्मा ५० वटा Live Enrollment Stations स्थापना गरी कार्य गर्न Oberthur Technologies कम्पनीसँग सम्झौता भएको।
III. बिहान ६.३० बजेदेखि फाराम संकलन, राहदानी वितरणको कार्य शुरु गरिएको छ।साथै १५ दिनभित्र नेपालमा र १० दिनभित्र नियोगमा राहदानी बनाई पठाउने व्यवस्था मिलाइएको, विवरण नमिलेमा SMS मार्फत जानकारी गराउने व्यवस्था, Reject List वेबसाइट www.dopmofa.gov.npमा अद्यावधिक गरिएको।
IV. E-passport को लागि नयाँ bidding गर्ने कार्य थालनी गरिएको, Automated SMS, Online Tracking System, Data Portal, Data transfer, Interoperability, र राहदानीको गुणस्तर अभिवृद्धि जस्ता कार्य आगामी सुधार कार्यका रूपमा राखिएको छ।
२) कन्सुलर कार्य:
१) नेपालीहरूलाई प्रदान गरिएका कन्सुलर सेवाहरू:
कागजात प्रमाणीकरण १,४३,४९६ जसबाट रू २,८५,००,०००।– राजश्व संकलन।विदेशमा मृत्यु भएका नेपालीहरुको शव झिकाउन परेका निवेदन ३२३ को कारवाही गरिएको।अलपत्र तथा वेपत्ताहरूको खोजतलास ९१२। क्षतिपूर्ति पाउन दावी पेश गरिएको ६१७।नागरिकता परित्याग ९५।मित्रराष्ट्र भारतमा अध्ययन तथा उपचारमा जाने कागजपत्रको प्रमाणिकरण तथा सिफारिशपत्र २,०५५।
सरकारी काममा विदेशमा जाने पदाधिकारी/व्यक्तिहरूलाई भिसा सिफारिश १७७२।
सन् २०१४ मा इराकमा संकटमा परेका नेपालीहरुलाई उद्दार गर्न परराष्ट्र मन्त्रालयका सहसचिवलाई विशेष दूतका रुपमा खटाई उद्दार तथा घरफिर्ति गराउने कार्य गरिएको ।
थाईल्याण्डमा अध्ययन गरिरहेका ३ जना नेपालीहरु अपहरणमा परेको र ती नेपालीहरुको सकुशल अपहरणमुक्त गरिएको छ ।
त्यस्तै विदेशमा मृत्युदण्डको सजाय पाएका मलेसियामा हरिबहादुर घलेका सम्बन्धमा राष्ट्रपतिबाट पत्र पठाई निजलाई मृत्युदण्डबाट मुक्त गराइएको।
२) नेपालमा रहेका कूटनीतिक समुदाय तथा विदेशी नागरिकहरूलाई प्रदान गरिएको कन्सुलर सेवा:
कूटनीतिक भिसा जारी गरिएको २,८७१।कूटनीतिक परिचय पत्र २८३।कूटनीतिक सुविधाको सिफारिश ३,८०५।
ज) संस्थागत सुधार
१) परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभाग तथा नियोगहरूको संस्थागत सुदृढिकरण, पुनर्संरचना, नियोगहरूको भवन तथा अन्य सम्पत्ति खरिद र व्यवस्थापन र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सुदृढिकरण र वैदेशिक भत्ताको पुनरावलोकनका बिषयहरूमा प्रतिवेदन तयार गर्न बिशेषज्ञहरु नियुक्त गरिएकोमा प्रारम्भिक प्रतिवेदन प्राप्त भएको छ।अन्तिम प्रतिवेदन प्राप्त भएपश्चात् सोहि अनुसारको सुधार कार्यलाई अगाडि बढाइनेछ।
२) परराष्ट्र मन्त्रालयको विद्यमान संगठनको संरचना विस्तार, जनशक्तिको व्यावसायिकीकरण र क्षमता अभिवृद्धि र नियोगहरूको संरचना एवं संस्थागत सुदृढीकरण, थप जनशक्तिको व्यवस्थाका लागि संगठन तथा व्यवस्थापन तयार गरी मन्त्रिपरिषद्को निर्णय अनुसार हाल कार्यान्वयनमा रहेको।
३) नेपालीहरुलाई कन्सुलर सेवा सहजरुपमा प्रदान गर्न न्युयोर्कमा छुट्टै कन्सुलेट अफिसको स्थापना भएको ।
४) राहदानी नियमावली, २०६७ को प्रथम संशोधन २०७१ लागू गरिएको।
५) अवैतनिक महावाणिज्यदूत सम्बन्धी नियमावली संशोधन गरिएको।
६) परराष्ट्र मन्त्रालयको सुधार सम्बन्धी कार्ययोजना, २०७१ तयार गरी कार्यान्वयनको क्रममा रहेको।परराष्ट्र सेवा ऐनको मस्यौदा तयार गर्ने क्रममा रहेको।
७) मन्त्रालयमा स्वचालित कार्यप्रणाली मिति २०७१।१०।१ बाट शुरू गरिएको।
८) मन्त्रालयका कर्मचारीहरूको क्षमता अभिवृद्धि व्यावसायिकरणका लागि भाषा तालिम अन्तर्क्रिया अभिमुखिकरण लगायतका कार्य गरिएको।बेरुजु फर्छ्यौट तर्फ मन्त्रालयको ५०% भन्दा बढि हुने क्रममा रहेको र बेरुजुमा शून्य सहनशीलताको नीति लिइएको।
९) नेपाली राजदूतहरूका लागि कार्यविवरण (TOR) तयार गरी राजदूतलाई बढी जिम्मेवार तथा उत्तरदायी बनाउने प्रणालीको विकास गरिएको।
(२०७१।०७२ मा मन्त्रालयबाट भए गरेका प्रमुख कार्यहरूका सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply