भारतीय राजदूतले प्रमलाई भने, ‘तपाईंका मानिसलाई सम्झाउनूस्’
काठमाडौं । बाहिर तिक्त सम्बन्ध भए पनि व्यक्तिगत रूपमा प्रधानमन्त्री केपी ओली र भारतीय राजदूत रणजीत रायबीच राम्रो सम्बन्ध छ भन्ने कुरा शुक्रबार रातीसम्म बालुवाटार बसेकाहरूले राम्रैसँग बुझ्न पाए । भेट्न आएकाहरूको भीडलाई छोडेर प्रधानमन्त्री ओलीले राजदूत रायसँग करिब डेढ घन्टा कुराकानी गर्नुभएको थियो ।
उक्त भेटका लागि भारतीय राजदूत राय स्वयम्ले समय मागेका थिए । औपचारिक भेटका लागि सरकारी कार्यालय ठीक हुने भए पनि उनले विशेष कुरा गर्न चाहेको बुझेपछि निवासमा त्यो पनि रातीको समय मिलाइएको थियो । आधा घन्टाका लागि भनेर तय गरिएको भेटघाट डेढ घन्टासम्म तन्किँदा अरू धेरै त के कुरा भए थाहा हुन सकेन, तर त्यसपछि भेटेका एक मन्त्रीसँग प्रधानमन्त्री ओलीले भने अनुसार, भारतीय राजदूतले सीमामा देखिएको समस्या आफ्ना लागि समेत बोझ भएको खुलेरै बताएछन् । उनको भनाइ रहेछ, ‘हामीलाई नै बोझ भइसक्यो । तपाई आफ्ना मानिसलाई सम्झाउनूस् ।’ आफ्ना मानिस भनेर उनले महन्थ ठाकुर, उपेन्द्र यादवहरूलाई भन्न खोजेका हुन् । यसबाट निकालिएको
निष्कर्ष के छ भने नाकाबन्दी गरिदिनुपर्यो भनेर उनीहरूले नै भारतीय पक्षमाथि दबाब दिइरहेका छन् । हात हालिसकेपछि कुनै निष्कर्ष ननिकालेरै यत्तिकै पछि फर्किंदा भारतको थप बेइज्जत हुने र नेपालमा यसले भनेको अब केही पनि लाग्दैन भन्ने प्रमाणित हुने भएका कारण लाज छोप्ने कुनै सम्झौता नभएसम्म भारत पछि फर्किन नसक्ने संकेत पनि राजदूत रायले कूटनीतिक रूपमा उनले गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालको शदिऔंदेखिको छिमेकी भारतले कुनै एक जना व्यक्ति, सानातिना दल र समुदायसँग नभई सिंगो नेपालसँग सम्बन्ध राख्नुपर्ने सम्झाउनुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply