एकतामा दुई प्रचण्डबीच रहस्यमय ‘इगो’
काठमाडौं । नेपाली राजनीतिमा चिरपरिचित नाम हो, ‘प्रचण्ड’ । तर, त्यही नाम एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीचको एकतामा धेरैमध्ये एक अवरोधका रूपमा रहेको तथ्य भने स्वयं माओवादीकै कम कार्यकर्ताहरू जानकार छन् ।
कुनैबेला प्रचण्ड नामले तत्कालीन मोटो मशालभित्र सीपी गजुरेल चर्चित थिए, जो अहिले ‘गौरव’ नामबाट परिचित छन् । तर, करिब ३० वर्षअघि खोसिएको त्यही नामको ‘इगो’का कारण दाहाल–गजुरेलबीच आजका दिनसम्म पनि हृदय खोलेर कुराकानी नहुनुका साथै एकताको बाधकका रूपमा समेत रहेको रमाइलो किस्सा जानकारहरूबीच चर्चा हुन थालेको छ । एकताका विषयमा छलफल गर्न जारी वैद्य माओवादीको केन्द्रीय कमिटी बैठकमा गजुरेलले कुनै हालतमा प्रचण्ड माओवादीसँग एकता गर्न नहुने कडा ‘लाइन’ समाएका छन् भने महासचिव रामबहादुर थापा ‘बादल’ भने सैद्धान्तिक–वैचारिक विषय गौण बनाएर तत्काल एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । यो दुई धारपछि प्रचण्ड नामको ‘इगो’का विषयमा माओवादीभित्र चर्चाको विषय बन्न थालेको छ । पुराना समकालीन मित्र मात्रै होइन, भूमिगत कालमा जेल–नेल खेपेका अनन्य मित्र भएकाले वैद्यले गजुरेललाई नकार्न सकेका छैनन्, त्यसमाथि पछि एकता प्रक्रियामा आएका नेता परी थापासहितको ३५ जनाको समूहले साथ दिएपछि वैद्यले सैद्धान्तिक–वैचारिक एकताको धारलाई बलियोसँग समाएका छन् । एमाओवादी नेताहरूका अनुसार खासमा २०४२ सालको चर्चित सेक्टर काण्ड असफल बनेपछि तत्कालीन महामन्त्रीबाट राजीनामा दिएका मोहन वैद्यले लगत्तैको दोस्रो वरीयतामा रहेका गजुरेलले आफूलाई महामन्त्री बनाउने अपेक्षा राखेका थिए । तर, त्यसको ठीक विपरीत वैद्यले आफूसहित सचिवालयका वरीयतामा क्रमश: रहेको नेता गजुरेल, खम्ब सिंंह र वाचस्पति देवकोटालाई घटुवा गरी पाचौं नम्बरमा रहेका दाहाललाई महामन्त्रीमा प्रस्ताव गरेका थिए । विश्वास नामले चिनिने दाहालले महामन्त्री बनेपछि गजुरेलको प्रचण्ड नाम आफूलाई दिन प्रस्ताव राखे, त्यसलाई स्वीकार गरेपछि उनै दाहाल भूमिगत रूपमा प्रचण्डबाट चिनिन थाले । त्यसयता दुई नेताबीच आजका दिनसम्म कहिल्यै राम्रो सम्बन्ध नरहेको र एकतामा पनि दुई प्रचण्डको ‘इगो’ले काम गरेको बताइन्छ । स्रोतका अनुसार पार्टी बारम्बार सरकारमा जाँदा पनि आफूलाई कहिल्यै प्रचण्डले उपप्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको र परराष्ट्रमन्त्री बन्ने चाहनालाई पनि लत्याइदिएकोमा निकै रुष्ट छन् । दाहाल असाध्यै असन्तुलित, धोकेबाज, अवसरवादी चरित्रका भन्दै गजुरेल अहिले क्रान्तिलाई धोका दिन एकता गर्न नहुने पक्षमा उभिएका छन् । ‘गौरवजी तयार नभएसम्म कुनै अर्थ छैन, सैद्धान्तिक विषयलाई थाती राखेर अघि बढ्न प्रचण्डजीलाई विश्वास गर्ने स्थिति पनि छैन ।’ वैद्यले आफूनिकट नेतातयहरूसँग गोप्य भेटमा राख्ने गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । खासमा वैद्यले पटक–पटक धोका दिएको भन्दै दाहाललाई भन्दा बढी भर गजुरेललाई नै गर्ने गरेका छन् ।
वैद्य माओवादीको चार दिनदेखि जारी बैठकमा करिब ६ दर्जनले भनाइ राखेका छन् । तीमध्ये धेरैले सैद्धान्तिक विषय थाती राखेर भए पनि तत्काल एकता गारिहाल्नुपर्ने बादलकै ‘लाइन’लाई साथ दिएको बताइएको छ । स्रोतका अनुसार बैठकमा धारणा राख्नेमध्ये उमेर समूह र लैंगिकदेखि ‘चैते’ नेताहरूसम्मका फरकफरक धारणा आएका छन् । जसमध्ये ५५ वर्षभन्दा माथिका सबै नेता र एकता प्रक्रियामा आएका परी समूहका नेताले प्रचण्डले धोका दिने भन्दै सैद्धान्तिक–वैचारिक मुद्दा थाती राखेर एकता गर्न नहुने अडान राखेका छन् । तर, ५५ वर्षभन्दा मुनि र केन्द्रीय सदस्यमा रहेका एक दर्जन महिलाले भने माओवादी आन्दोलन अघि बढाउन तत्काल एकताका पक्षमा धारणा राखेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply