केही ‘ठूला माछा’लाइ मुद्दा हाल्ने तयारी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठिरहेको बेला आयोगले जेठको पहिलो साता नै कडा कदम चाल्ने तयारी गरेको छ । केही ठूला माछामाथि मुद्दा दायर गरेर आयोगले फेरि एकचोटि तरंग सिर्जना गर्ने तयारी गरिरहेको बुझिएको छ ।
अख्तियार स्रोतका अनुसार जेठको पहिलो साता केही ठूला माछामाथि मुद्दा दर्ताको तयारी भइरहे पनि ती ठूला माछा कोको हुन् भन्ने कुरा गोप्य राखेको छ । विश्वस्त स्रोतका अनुसार केही पूर्वमन्त्रीसहित कम्तीमा पाँचजनाविरुद्ध मुद्दा दर्ताको तयारी अन्तिम चरणमा पुगेको छ ।
एक त पूर्वाग्रहका आधारमा छानबिन अघि बढाउने, छानबिनका लागि पत्राचार गरिएका ‘केसलाई पनि पेन्डिङमा राख्ने, ठूला माछालाई छुँदै नछुनेजस्ता आरोप खेपेको अख्तियारले ती सबै आरोप खण्डित हुने गरी कडा कदम चाल्न लागेको अख्तियार स्रोतले बतायो । त्यसो त आयोगले गत मंसिर १७ मा एकैचोटि विभिन्न क्षेत्रका २९ जनालाई आयोगमा उपस्थित भएर सम्पत्ति विवरण बुझाउन पत्र थमायो । सबैले सम्पत्ति विवरण बुझाए पनि । तर, ६ महिना वित्न लाग्दा पनि तिनीहरूमाथिको छानबिन आयोगले किनारा लगाएको छैन । दोषी भए काबाही गर्ने र निर्दोष भए क्लिन चिट दिनुपर्नेमा कानमा तेल हालेर बसेको छ । एकातिर प्रतिशोधका आधारमा छानबिनमा तान्ने भनेर सर्वत्र आरोप लाग्नु अर्कातिर छानबिनमा तानिएकालाई लामो समयसम्म पेन्डिङमा राख्ने अख्तियारको कदमले उसकै छविलाई धमिल्याएको छ ।
त्यसअघि पनि अख्तियारले उद्योगपति विनोद चौधरीको खाता छानबिन गर्ने भन्ने समाचार बाहिर आएको थियो । नेपाल राष्ट्र बंैकका तत्कालीन गभर्नर युवराज खतिवडालगायत राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीलाई पनि छानबिनको घेरामा तानेको समाचार आएका थिए । तर, त्यसउपर छानबिन भयो कि भएन, छानबिन भएको भए कारबाही प्रक्रिया अगाडि बढ्यो वा सफाइ पाए भन्ने कुराको भेउ कसैले पाएका छैनन् ।
त्यस छानबिनको कामलाई लामो समयसम्म तन्काइराख्दा छानबिनको दायरामा तानिएकाहरूले चलखेल गर्ने मौका पनि पाउने गरेका छन् । छानबिनमा तानिएका एक पूर्वमन्त्री केही दिनअघि मात्र गोप्य रूपमा भारत भ्रमण गएर फर्केका छन् । स्रोतका अनुसार उनी त्यहाँ अख्तियारबाट उन्मुक्तिको बातावरण मिलाई पाऊँ भनी सेटिङ मिलाउन गएका थिए । अख्तियारबाटै बच्न एमाओवादीका महासचिव कृष्णबहादुर महरा दिल्ली गुहार्न पुगेको समाचार त छताछुल्ल भइ पनि सकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply