अख्तियारले डामेकाको फुर्ती ?
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङसाग मिलेर लाखौं रुपियाा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका कोषको लेखा फााट हेर्ने भीम बस्नेतलाई आयोगले नै बढुवाका लागि बाटो खुला गरिदिएको छ । आयोगले छानबिनको दायरामा उभ्याएको बस्नेतलाई कसरी बढुवाका लागि पत्र दियो ? अहिले कोषभित्र हल्लीखल्ली मच्चिएको छ ।अहिले कोषको लेखा फााट सम्हालिरहेका बस्नेतलाई सदस्य सचिव तामाङले कोषभित्र अनियमितता गर्नकै लागि लेखामा लगेका थिए ।
तर, बस्नेत कम्प्युटर अपरेटर हुन् र उनको सेवा इन्जिनियरिङ शाखा हो भने समूहचाहिा प्रशासन हो । तर, प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेका बस्नेतले केही दिनअघि काठमाडौं गएर अख्तियारका कर्मचारीलाई मोटो रकम दिई लेखा अधिकृतमा बढुवाका लागि पत्र लिएका थिए । केही दिनअघि उनले कोषका उपाध्यक्ष भिक्षु निग्रोधको कार्यकक्षमा बढुवाका लागि अख्तियारबाट ल्याएको पत्र बुझाएका थिए । तर, उपाध्यक्ष अहिले लुम्बिनीमा नभएको हुादा उनको पत्रमाथि केही सुनुवाइ भएको छैन ।कोषका पदाधिकारी र कर्मचारीहरूले आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले कोषको पााच वर्षदेखिका कागजपत्रहरू लिएर छानबिन गरिरहेको हो ।
यही बीचमा पनि अख्तियार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत बस्नेतलाई बढुवा नगर्न आदेश दिएको थियो । कोषभित्रको अनियमितताबारे छानबिन गर्न आएका अख्तियारका कर्मचारीले त बस्नेतलाई तपाईंको शाखा पनि अर्कै रहेछ र बढुवाका लागि शैक्षिक योग्यता पनि नपुग्ने रहेछ भनेर जवाफ दिएका थिए । तर, छानबिन गरिरहेका अख्तियारकै कर्मचारीलाई छक्याउादै बस्नेतले बढुवा हुन पाउने पत्र अख्तियारबाटै लिएका छन् । लेखा अधिकृतमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने र लेखासम्बन्धी ज्ञान हुनुपर्ने भए पनि बस्नेतको भने विनायोग्यता नै बढुवा हुन लागेको बताइन्छ ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
Leave a Reply